Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कर्णाली प्रदेशसभा : समिति नेतृत्व पटक–पटक फेरबदल

खबरडबली संवाददाता

कर्णाली ।  समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवार बन्दसूची बुझाउनुअगावै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने निर्वाचन आयोगको व्याख्यापछि प्रदेशसभा अधिवेशन पनि अन्त्य भएका छन् । कर्णाली प्रदेशसभाले चार वर्ष सात महिना १० दिनमा आफ्नो कार्यकाल पूरा गर्यो । प्रदेशसभा अन्त्यसँगै विषयगत समिति स्वतः निष्क्रिय भएका छन् ।

प्रदेशमा उत्पन्न राजनीतिक अस्थिरता, दलहरूबीचको आपसी मनमुटावलगायतका कारण कर्णाली प्रदेशसभाका समितिले प्रभावकारी काम गर्न सकेनन् । लघु संसद् (मिनी पार्लियामेन्ट) भनेर चिनिने संसदीय समितिको नेतृत्व पटक–पटक फेरबदल हुँदा समितिका कामकारबाही प्रभावित मात्र भएन कतिपय समितिले ज्येष्ठ सदस्यकै भरमा झण्डै पाँचवर्षे कार्यकाल पूरा गर्नुपर्यो । 

कर्णाली प्रदेशसभा नियमावलीबमोजिम प्रदेश मामिला समिति, सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र अर्थ तथा प्राकृतिक स्रोत समिति गठन भएका थिए । राजनीतिक अस्थिरता कारण यी कुनै पनि समितिले पूरा कार्यकाल स्थिर नेतृत्व पाएनन् ।

सभाबाट आएका विधेयकहरूलाई परिस्कृत गर्नका साथै सभाका अन्य कार्यहरूलाई व्यवस्थित र प्रभावकारीरूपमा सम्पादन गर्न, प्रदेशका काम कारबाहीप्रति प्रदेशसभाका सदस्यलाई जागरुक एवं प्रदेश सरकारलाई उत्तरदायी बनाउनका लागि सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनु समितिको मुख्य काम हो ।

सभामुख राजबहादुर शाही केन्द्रीय राजनीतिमाझँै प्रदेशमा पनि अस्थिरता र नेताहरूबीच बेमेलको वातावरण बन्दा समितिहरूका कामकाज प्रभावित हुन पुगेको बताए । “लामो समय ज्येष्ठ सदस्यले नेतृत्व गर्दै आएका समितिको जब निर्वाचन गरियो त्यसपछि तत्कालीन सत्तारुढ दलको विभाजनका कारण पुनः नेतृत्व फेरबदलको अवस्था निम्तियो”, उनले भने, “समिति जति सक्रिय भए त्यति सभाको काम देखिने हो, समितिलाई नै प्रभावकारी काम गर्ने वातावरण बनाइएन ।” समितिलाई नेतृत्व दिलाउन, सक्रिय गराउन, समितिबीच अन्तरसम्बन्ध कायम गराउन सभामुखका हैसियतले आफूले थुपै्र प्रयत्न गरेको बताए । 

राजनीतिक अस्थिरता, दलहरूबीच मनमुटाव एवं पार्टीभित्र देखिएका समस्याका कारण समितिका कतिपय बैठक प्रभावित हुन पुगेका थिए । महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला गणपूरक सङ्ख्या नपुग्ने समस्या देखिँदा प्रदेश सरकारलाई तत्काल दिनुपर्ने निर्देशनमा ढिलाइ हुन पुगेको बताइएको छ । 

अर्थ तथा प्राकृतिक स्रोत समितिले पछिल्ला दुई वर्ष नेतृत्वबिनै कार्यकाल पूरा गर्यो । प्रारम्भमा तत्कालीन ज्येष्ठ सदस्य अम्मरबहादुर थापाले समिति बैठकको अध्यक्षता गरे । त्यसपछि गणेशप्रसाद सिंह निर्वाचत भए । सिंह मन्त्री बनेपछि समिति पुनः ज्येष्ठ सदस्यका भरमा चल्यो । चारवटा महत्वपूर्ण विकासे मन्त्रालयसँग सम्बन्धित कार्यक्षेत्र भए पनि नेतृत्व नहुँदा आवश्यक समयमा बैठक बस्न सकेन । समितिका सचिव पदमप्रसाद जैसी ज्येष्ठ सदस्य अनुपस्थित हुँदा कतिपय बैठक उपस्थितमध्येबाट ज्येष्ठ सदस्यले अध्यक्षता गर्नुपरेको बताए । यो समितिका ८२ बैठक बसेका थिए । भौतिक पूर्वाधार विकास, ऊर्जा तथा जलस्रोत, उद्योग, पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजना मन्त्रालय यो समितिको कार्यक्षेत्रमा पर्दछन् ।

प्रदेश मामिला समितिले हालसम्म दुईवटा नेतृत्व पायो । प्रारम्भमा ज्येष्ठ सदस्यका पदम रोकाया र निर्वाचनपश्चात दानसिं परियारले सभापतिको रूपमा नेतृत्व गरे । विधायन मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन र प्रदेश लोकसेवा आयोग कार्यक्षेत्र रहेकाले दलहरूबीच बेमेलको वातावरणले यो समितिले पनि प्रभावकारी काम गर्न सकेन । “कानुन कार्यान्वयनको अवस्था, सरकारका समग्र कामको अनुगमन गर्ने हाम्रो मुख्य काम हो”, समितिका निवर्तमान सभापति परियारले भने, “पहिलो अनुभव भएकाले सिक्नै समय व्यतित भयो, पटक–पटक मन्त्री फेरबदलका कारण पनि सोचेजस्तो काम गर्न सकिएन ।”

प्रदेशसभाका चार समितिमध्ये सबैभन्दा सक्रिय रह्यो, सामाजिक विकास समिति । यसले पनि दुईवटा नेतृत्व पायो । प्रारम्भमा ज्येष्ठ सदस्य राजु नेपाली र निर्वाचनपश्चात देवी ओली सभापतिले समितिको नेतृत्व गरे । समितिले एक सय २४ बैठक सम्पन्न गर्यो । सामाजिक विकास मन्त्रायल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम तथा रोजगार र मानवअधिकारसम्बन्धी विषय यसको कार्यक्षेत्रमा पर्दछन् । समिति सभापति ओलीले सरकारले अधिकांश निर्देशन कार्यान्वयन गरेको बताए । स्वास्थ्य क्षेत्र सुधार र कोरोना महामारी नियन्त्रणमा बढी केन्द्रित हुनुपरेकाले प्रदेश सरकारले आफूहरूले दिएको निर्देशन, सल्लाह–सुझावलाई सकारात्मकरूपले ग्रहण गरेको उनको भनाइ छ ।

प्रदेशसभाको अर्को महत्वपूर्ण समिति सार्वजनिक लेखाले धेरै पछि नेतृत्व पायो । समिति गठनको प्रारम्भमा तत्कालीन विपक्षी दल नेपाली कांगे्रसका दिनबन्धु श्रेष्ठ सभापति थिए । उनी मन्त्री बनेपछि केही अवधिमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै आए । पछिल्ला सात महिनादेखि करविर शाही समितिको सभापति छन् । समितिले ७० बैठक सम्पन्न गरेको छ । प्रदेश लोकसेवा आयोग र प्रदेश मानवअधिकार आयोगबाहेक प्रादेशिकस्तरका संवैधानिक आयोगका प्रतिवेदन, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, बेरुजु फछ्र्यौट र आर्थिक अनुशासनसम्बन्धी कार्य यससँग सम्बन्धित छन् ।

समितिका निवर्तमान सभापति शाहीले भने, “सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए–नभएको जाँचपड्ताल गर्नु समितिको मुख्य काम थियो, तर प्रदेश सरकारले नै हामीले दिएको सुझावलाई सकारात्मकरूपले ग्रहण गर्न उचित ठानेन ।” यद्यपि समितिका सभापति संसदीय समिति र प्रदेश सरकारबीच समधुर सम्बन्ध कायम रहेको बताउँछन् । राय–सुझाव, निर्देशन हुबहु कार्यान्वयन नगरे पनि समिति बैठकमा मन्त्री र सचिवहरू आउने, जवाफ दिने गरेको पाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies