Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

यी हुन् आफ्नो स्वार्थका लागि सीमांकन बिगार्ने नेता, जसबाट जलिरहेछ देश

\"cover_neta\"काठमाडौं । ८ वर्षदेखिको प्रयत्नमा जसोतसो ६ प्रदेशमा दलबीच सहमति भए पनि नेताका व्यक्तिगत स्वार्थ र दाउले पूर्व र पश्चिममा सीमाकंनमा चरम राजनीति भएको छ । सत्ता, शक्ति र पहुँचको राजनीतिक असर सडकमा देखिन थालेको छ । सुर्खेत, रुकुम, हुम्ला, बर्दिया, जनकपुरजस्ता ठाउँमा विभिन्न आन्दोलन र विरोधका माध्यमबाट नेताको चरम स्वार्थविरुद्ध आक्रोस बढेको छ । भोटको राजनीतिलाई हेर्दै साधन स्रोतको कब्जा र राज्यशक्तिमा पनि आफ्नै एकाधिकार राख्ने नेताको कोशिसले सुदुर र मध्यपश्चिम  तथा पूर्वमा सीमाकंनमा लफडा र तनाव सिर्जना भएको छ । नेताहरुले नै रोपेको बिउपछि उनीहरुकै घर, कार्यालय जल्न थालेका छन् ।
पूर्वमा ओली, सिटौला र पश्चिमा देउवा, रावल र भट्टको स्वार्थको प्रभाव सडकमा पोखिंदै  । थारु  मधेसीहरु झापादेखि कञ्चनपुरसम्म आन्दोलन चर्काउँदै
महेन्द्रकालीन भौगोलिक विभाजनले सबै जातजातिको भावनालाई सम्बोधन गर्दै समानुपातिक विकास प्रणाली अघि नबढ्दा जनजाति, आदिवासी थारुसहितका समुदाय जहिल्यै विभेदमा पर्दै आए । तर, उनीहरुलाई पनि राज्यसंयन्त्रमा पहुँच र अवसर दिने गरी संविधान बनाउनुपर्ने बेलामा कांग्रेस, एमाले, एमाओवादीसहितका प्रमुख दलका नेताहरु उनीहरुमाथि फेरि शासक बन्ने धुनमा लागेका छन् । जसको असर सडकमा देखिएको छ । उनीहरुको यही भित्री चाहना प्रकट हुँदा मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वीमा भागमा जनता आन्दोलित छन् । सोमबार मात्रै सुर्खेतमा भएको आन्दोलनमा तीन जनाले अनाहकमा ज्यान गुमाउन पुगे । दलहरुले सो क्षेत्रमा जनताको माग के हो र भौगोलिक रुपमा कसरी विभाजन गर्ने, आदिवासी, थारुहरुको के हुने भन्ने विषयमा ख्याल नगरी काठमाडौंमा बसेर कोठाभित्रै राजनीतिक दाउपेच र भोलिको सत्ता र शक्ति हेरेपछि यस्तो अवस्था आएको हो । सुर्खेतमा आन्दोलन हिंसात्मक बन्नुका पछाडि एमालेको हात रहेको आरोप कांग्रेस सहमहामन्त्री एवं सुर्खेतका सभासद् पूर्णबहादुर खड्काले लगाएका छन् । आफ्नो घर जलाउने प्रयास एमालेको निर्देशनमा भएको भएको उनको दाबी छ । तर, एमालेका नेताहरुले यसलाई  खण्डन गरेका छन् । यी दुवै दलले एक अर्कोलाई आरोप लगाउनुले पनि बाहिर देखाउन यस्तो भनिए पनि यिनै नेताको उक्साहटमा सुर्खेतलाई राजधानी बनाउनका लागि आन्दोलनको बिउ रोपिएको बुझ्न गाह्रो छैन । नागरिक स्तरबाट उत्तिखेरै किन आन्दोलन एकाएक उठ्छ भनेर गरिने प्रश्नलाई यसले सोच्न बाध्य बनाएको छ । \"sanghiya_nepal_khabardabali\"सुदुर र मध्य पश्चिमका पहाडी जिल्लाका नेताहरु नै उच्च ओहदा र राजनीतिक रुपमा पहुँचमा छन् । कांग्रेस, एमाले, एमाओवादीसहितका दलका मुख्य नेताहरु परम्परागत बासस्थान पहाडी जिल्लामा नै हो । तर, समाजका माथिल्लो तहका उनीहरुको शक्ति र पहुँचको भरमा सो क्षेत्रका तराईमासमेत पकड बनाउन पुगे । पहाडीसँगै तराईमा पनि उनीहरुले जग्गा हडपे । दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर जस्ता क्षेत्र थारुहरुको आदिभूमि हो । यो क्षेत्रमा थारुहरुकै बाहुल्य पनि छ । तर, पहाडका हुनेखानेहरु बसाइसराईका क्रममा यही क्षेत्रमा बस्दै राजनीतिक र प्रशासनिक क्षेत्रको उच्च ओहदामा पुगे । सुगमता, पूर्वाधारको हिसाबले पनि पश्चिम तराईको क्षेत्र पहाडको तुलनामा निक्कै राम्रो मानिन्छ । सोही कारणले पनि पहाड र तराई दुवै तर्फ पकड बनाउन र राजनीतिमा सधैं स्थापित हुन र शासन गर्न ठूला दल लागेका छन् । सोही कारण कांग्रेसका शेरबहादुर देउवा, एमालेका भीम रावल, एमाओवादीका लेखराज भट्ट जस्ता नेताहरुको स्वार्थका कारण अखण्ड सुदुरपश्चिमको माग निरन्तर चल्यो । पछिल्लोपटक ६ प्रदेशमा पनि अखण्ड सुदुरपश्चिम मात्र नभएर सधैंका विकट र विभेदमामा पारिएका कर्णालीलाई पनि पश्चिमकै ६ प्रदेशमा राखियो । यसले देउवा, रावल र भट्टहरुलाई सन्तोष मिल्ने ठाउँ भयो तर, मध्यपश्चिम सन्तुष्ट हुन सकेन, कर्णालीले फेरि मन दुखायो । मध्यपश्चिमका पहुचवाला नेताहरु पनि आफैं शासक बन्ने र सुगमताको हिसाबले सुर्खेतलाई राजधानी वा केन्द्र बनाउनुपर्ने मागमा रहेका छन् । मध्यपश्चिमका सुर्खेतसहित, कैलाली र कंचनपुरलाईसमेत प्रदेश ६ मा नै राखिएपछि यो क्षेत्रमा आन्दोलनले हिंसात्मक रुप लिएको छ । सुर्खेतलाई केन्द्र बनाउने गरी मध्यपश्चिमका जिल्ला र बाँके बर्दियासहितको छुट्टै प्रदेश बनाउनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सुर्खेतलाई सुदुर अन्तर्गत ६ प्रदेशमा र बाँके बर्दियालाई प्रदेश ५ राखियो । यस्तो भएपछि पछि सुर्खेतलाई राजधानी बनाउन नपाइने अवस्थापछि नेताहरुकै निर्देशनमा सोमबार त्यहाँ आन्दोलनले हिंसात्मक रुप लिन पुग्यो । सुदुरका पहुँचवाला नेताहरु देउवा, रावल र भट्टहरुले अब कैलाली वा कञ्चनपुर मध्ये एकलाई राजधानी बनाउने त्रासले सुर्खेत त्रसित भएको छ । रुकुमकै पनि पश्चिम भाग र सल्लानलाई पनि ६ प्रदेशको सुदुरतिर राखेपछि त्यहाँ पनि प्रदर्शन हुन पुग्यो । राप्तीका जिल्ला टुक्राउन नपाइने भन्दै त्यहाँ सोमबार प्रदर्शन भएको हो । एमाओवादी रुकुम २ सभासद् जनार्दन शर्माले गण्डकतिरको प्रदेशमा रुकुमका केही भाग राख्न तयार भए पनि त्यस्तो नभएपछि  सल्यान, रुकुम र  सुर्खेतसहित दाङतिर नटुक्राइकन रुकुमलाई हाल्नुपर्ने पक्षमा रहेको बताए । थरुहटमा छुट्टै आन्दोलन चितवनदेखि कञ्चनपुरसम्मको थारु बाहुल्य क्षेत्रलाई थरुहट प्रदेश बनाउन माग गर्दै बर्दियासहितका जिल्लामा प्रदर्शन भएका छन् । आफूहरुको थातथलोलाई थरुहट बनाउनुपर्ने भन्दै मंगलबार बर्दिया बन्द भएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टी नेपालले बन्द आह्वान गरेका हुन् । यसैगरी पर्सादेखि धनुषासम्म तराईको मात्र छुट्टै प्रदेश र सिरहादेखि झापासम्म पूर्वी थरुहट प्रदेश बनाउन माग गर्दै अनिश्चितकालीन बन्द गरिएको छ । पूर्वमा केपी ओली, कृष्ण सिटौला जस्ता नेताको स्वार्थ हुँदा थारु, राजवंशीहरुको मुख्य बासस्थान रहेका झापा, मोरङ, सुनसरीलाई पनि पूर्वी पहाडी जिल्लासँग जोडिएको छ । सुदुर र मध्यपश्चिममा नेताको चासो र स्वार्थ जोडिएजस्तै अब पूर्वी जिल्लामा पनि ओली र सिटौलाको स्वार्थविरुद्ध आन्दोलनको उद्घोष भइसकेको छ । मस्यौदा लेखनमा सहभागी नभएका संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रि पार्टी, सद्भावना पार्टी सहितले तराईमा आन्दोलन गर्ने बताइसकेका छन् । यसमा कांग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिककै मधेसी नेताहरुको समेत साथ र सहयोग रहेपछि अब पूर्वतिर पनि आन्दोलनले फैलने देखिन्छ । पूर्वमा पनि पहाडेहरुको फेरि शासन हुने भन्दै थारुहरु वास्तविक मधेसीहरु तराईको मात्रै प्रदेश बनाउनुपर्ने पक्षमा छन् । कर्णाली फेरि विभेदमा उसै पनि यस अघि विभेदमा पारिएको कर्णाली फेरि सुदुर पश्चिममा राखिएको सुदुरकै नेताको नियन्त्रण  कब्जामा राख्न खोजिएको भन्दैमा हुम्लामा सोमबार प्रदर्शन भयो । उनीहरुले कर्णालीको समूचित विकासको लागि ‘स्वायत्त कर्णाली’को माग गरेका छन् । कहिले मध्य पश्चिम र कहिले सुदरका नेताबाट शासित हुनुपर्ने भन्दै उनीहरुले स्वायत्त कर्णालीको माग गरेका हुन् । हुम्लामा स्थिति नियन्त्रण लिन नसकेपछि सेना नै सडकमा आउनुपरेको थियो । । यो पनि पढ्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies