Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यस्तो छ माओवादीले तयार पारेको समानुपातिक उम्मेदवार छनोटको मापदण्ड

श्रीमान श्रीमती नै समानुपातिकमा पर्ने ढोका बन्द, प्रत्यक्ष उम्मेदवार नहुने क्षेत्रलाई प्राथमिकता

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले ६ वटा मापदण्ड बनाएर प्रदेश सभा अन्तर्गत समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचि तयार पारेको छ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठकले प्रदेशबाट ४४ जनाको नाम तयार पारेको हो।

बागमती प्रदेशबाट पाउने सबै नाम सिफारिस गरेको छ।  माओवादीले तयार पारेको मापदण्ड अनुसार अब विगतमा जस्तो श्रीमान श्रीमती नै समानुपातिकमा पर्ने सम्भावनाको ढोका बन्द भएको छ । 

यस्तो छ माओवादीले तयार पारेको समानुपातिक उम्मेदवार छनोटको आधार–

क) एकपटक प्रदेश वा संघको समानुपातिकमार्फत निर्वाचित भइसकेकाहरुलाई सिफारिस गरिने छैन । 

ख) कुनै पनि संघ र प्रदेशस्तरीय राजनीतिक नियुक्ति लिइरहेकाहरुलाई सिफारिस गरिने छैन ।

ग) एउटा परिवारभित्रबाट समानुपातिकका लागि एकजनाभन्दा बढी सिफारिस गरिने छैन ।

घ) गत स्थानीय चुनावमा सहभागी सबै उम्मेदवारलाई समानुपातिक सुचिमा समावेश गरिने छैन ।

ङ) प्रदेश समितिको पूर्ण बैठकले पारित गरेको जिल्ला तथा सम्पर्क र विशेष प्रदेशले गरेको सिफारिसका सूचीभन्दा बाहिरबाट सिफारिस गरिने छैन ।

च) सम्भावित गठवन्धनलाई हेरेर प्रत्यक्ष उम्मेदवार नहुने क्षेत्रलाई प्राथमिकता दिई समानुपातिक उम्मेदवार सिफारिस गरिनेछ ।

छ) प्रदेशको समानुपातिक वितरण गर्दा निम्नअनुसार संख्यामा बन्दसूची समावेश गरिनेछ–

– एउटा प्रतिनिधिसभा सिट भएको जिल्लामा १ देखि २ जनासम्म

– २ वटा प्रतिनिधिसभा सिट भएको जिल्लामा– २ देखि ४ जनासम्म

– ३ वटा प्रतिनिधिसभा सिट भएको जिल्लामा– ३ देखी ५ जनासम्म

– ३ भन्दा माथि प्रतिनिधिसभा सिट भएको जिल्लामा– ४ जनाभन्दा धेरै ।

ज) बन्दसूचीको क्रम मिलाउँदा हरेक जिल्लामा सकेसम्म कम्तिमा १ जना निर्वाचित हुनेगरी मिलाउनुपर्नेछ ।

प्रत्यक्ष उम्मेदवार सिफारिसका तीन आधार

माओवादीको वागमती प्रदेश बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा तीन वटा प्राथमिकता निर्धारण गरेको छ ।

– पहिलो, प्राथमिकता प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका, चुनाव जित्ने सम्भावनासहित जनमतलाई प्रभावित गर्न सक्ने लोकप्रियहरु मध्येबाट यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्नेछ ।

– दोस्रो प्राथमिकता एकपटक निर्वाचित भइसकेहरु मध्येबाट अघिल्लो बुँदाको मापदण्डभित्र परेकालाई दिइनेछ ।

– तेस्रो प्राथमिकता एकपटक भन्दा वढी निर्वाचित भएकाहरुलाई दिइनेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending