Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

युक्रेन युद्धबारे छलफल गर्न सी जिन्पिङ र पुटिनबीच भेट्ने तयारी

युद्धबारे चीनको न त आलोचना, न त समर्थन नै

खबरडबली संवाददाता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन्पिङले सन् २०२० को सुरुवातमा कोरोनाभाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन्।

भेटका क्रममा दुई नेताहरूबीच युक्रेन युद्ध र "अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरू"मा छलफल हुने क्रेमलिनले जनाएको छ।

उज्बेकिस्तानमा हुने साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनका अवसरमा यी दुईबीच भेट हुनेछ। दुई नेताको भेटले पश्चिमा विश्वको "विकल्प" देखाउने रुसको दाबी छ।

दुवै देशका लागि महत्त्वपूर्ण स्थितिमा यी दुईको भेट तय भएको हो। राष्ट्रपति सी ऐतिहासिक तेस्रो कार्यकाल चाहिरहेका छन् भने पुटिनको पश्चिमसँगको सम्बन्ध युक्रेनमा रुसको आक्रमणलाई लिएर निकै खस्किएको छ।

सी जिन्पिङले बुधवारदेखि आफ्नो तीन दिन लामो कजाखस्तान भ्रमण सुरु गर्नेछन्। त्यस लगत्तै उनले सेप्टेम्बर १५ देखि १६ सम्म चल्ने साङ्घाई सहकार्य सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्बेकिस्तान पुगेर बिहीबार पुटिनसँग भेट्नेछन्।

पुटिनले भारत, पाकिस्तान, टर्की र इरानका नेताहरूसँग पनि भेट गर्ने क्रेमलिनले जनाएको छ। उक्त सम्मेलनमा उज्बेकिस्तान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन्।

सीको भ्रमण चीनमा जारी लकडाउनको बीचमा हुँदै छ। त्यहाँ अझै पनि शून्य कोभिड नीति कायम छ। भाइरससँगै बाँच्न सिक्ने भन्दै विश्वका अन्य देशहरू खुला गरिए पनि हरेकपटक सङ्क्रमण दर बढ्दा बेइजिङले सम्बन्धित सहर पूर्ण रूपमा बन्द गर्दै आइरहेको छ।

राष्ट्रपति सीले यसअघि वुहान सहरमा पहिलोपटक लकडाउन हुनुभन्दा केही दिनअघि, सन् २०२० को ज्यानुअरीमा म्यानमार भ्रमणका निम्ति चीन छोडेका थिए। त्यसयता उनी चीनमै भएपनि यसै वर्षको जुलाई महिनामा हङकङ भ्रमण गर्नका लागि मुख्य भूमि छोडेका थिए।

पुटिनले पनि निकै दुर्लभ विदेश भ्रमण गर्न लागेका हुन्। गत जुलाईमा तेहरानमा टर्की र इरानी नेताहरूसँगको भेट उनको रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछिको दोस्रो विदेश यात्रा थियो।

यो वर्ष यी दुवै शीर्ष नेताको निम्ति यो दोस्रो भेट हुनेछ। उनीहरूले पछिल्लोपटक गत फेब्रुअरीमा बेइजिङमा भएको शीतकालीन ओलिम्पिक्सको अवसरमा भेटेका थिए।

विश्लेषकहरूले बढ्दो तनावका बीच पश्चिमा विरुद्धको शक्ति प्रदर्शनका रूपमा यस भेटवार्ताको महत्त्वलाई जोड दिएका छन्।

फेब्रुअरीको उक्त भेटपश्चात् जारी संयुक्त विज्ञप्तिमार्फत् उनीहरूले दुई देश बीचको सम्बन्धको "सीमा नरहेको" बताएका थिए। त्यसको केही दिनपछि रुसले युक्रेनमा आक्रमण गर्‍यो।

तर यस विषयमा चीनले न त आलोचना गरेको छ न त समर्थन नै गरेको छ। बेइजिङले वास्तवमा दुवै पक्ष दोषी रहेको बताएको छ। रुस विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धमा चीन सामेल भएको छैन। बरु दुई देशबीचको व्यापार बढ्दै गएको छ। युक्रेनमाथि आक्रमण भएपछि रुसी तेलको भारतीय र चिनियाँ आयात बढेको छ।

हालैका महिनाहरूमा स्वशासित ताइवानको विषयमा तनाव बढेसँगै चीनको पश्चिम, विशेषगरी अमेरिकासँगको सम्बन्ध चिसिएको देखिन्छ। चीनले उक्त टापुलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

गत महिना बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसीको भ्रमण लगत्तै त्यस टापु वरिपरि पाँच दिन लामो सैन्य नाकाबन्दी लगाएको थियो। 

दुई वर्षभन्दा बढी समयमा, लकडाउन र धरमराएको अर्थतन्त्रजस्ता विभिन्न राष्ट्रिय चुनौतीहरूका बाबजुद चीन छोड्ने निर्णयलाई चिनियाँ जानकारहरूले राष्ट्रपति सीको आफ्नो नेतृत्त्वप्रतिको आत्मविश्वासका रूपमा व्याख्या गर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending