Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

युक्रेन युद्धबारे छलफल गर्न सी जिन्पिङ र पुटिनबीच भेट्ने तयारी

युद्धबारे चीनको न त आलोचना, न त समर्थन नै

खबरडबली संवाददाता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन्पिङले सन् २०२० को सुरुवातमा कोरोनाभाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन्।

भेटका क्रममा दुई नेताहरूबीच युक्रेन युद्ध र "अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरू"मा छलफल हुने क्रेमलिनले जनाएको छ।

उज्बेकिस्तानमा हुने साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनका अवसरमा यी दुईबीच भेट हुनेछ। दुई नेताको भेटले पश्चिमा विश्वको "विकल्प" देखाउने रुसको दाबी छ।

दुवै देशका लागि महत्त्वपूर्ण स्थितिमा यी दुईको भेट तय भएको हो। राष्ट्रपति सी ऐतिहासिक तेस्रो कार्यकाल चाहिरहेका छन् भने पुटिनको पश्चिमसँगको सम्बन्ध युक्रेनमा रुसको आक्रमणलाई लिएर निकै खस्किएको छ।

सी जिन्पिङले बुधवारदेखि आफ्नो तीन दिन लामो कजाखस्तान भ्रमण सुरु गर्नेछन्। त्यस लगत्तै उनले सेप्टेम्बर १५ देखि १६ सम्म चल्ने साङ्घाई सहकार्य सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्बेकिस्तान पुगेर बिहीबार पुटिनसँग भेट्नेछन्।

पुटिनले भारत, पाकिस्तान, टर्की र इरानका नेताहरूसँग पनि भेट गर्ने क्रेमलिनले जनाएको छ। उक्त सम्मेलनमा उज्बेकिस्तान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन्।

सीको भ्रमण चीनमा जारी लकडाउनको बीचमा हुँदै छ। त्यहाँ अझै पनि शून्य कोभिड नीति कायम छ। भाइरससँगै बाँच्न सिक्ने भन्दै विश्वका अन्य देशहरू खुला गरिए पनि हरेकपटक सङ्क्रमण दर बढ्दा बेइजिङले सम्बन्धित सहर पूर्ण रूपमा बन्द गर्दै आइरहेको छ।

राष्ट्रपति सीले यसअघि वुहान सहरमा पहिलोपटक लकडाउन हुनुभन्दा केही दिनअघि, सन् २०२० को ज्यानुअरीमा म्यानमार भ्रमणका निम्ति चीन छोडेका थिए। त्यसयता उनी चीनमै भएपनि यसै वर्षको जुलाई महिनामा हङकङ भ्रमण गर्नका लागि मुख्य भूमि छोडेका थिए।

पुटिनले पनि निकै दुर्लभ विदेश भ्रमण गर्न लागेका हुन्। गत जुलाईमा तेहरानमा टर्की र इरानी नेताहरूसँगको भेट उनको रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछिको दोस्रो विदेश यात्रा थियो।

यो वर्ष यी दुवै शीर्ष नेताको निम्ति यो दोस्रो भेट हुनेछ। उनीहरूले पछिल्लोपटक गत फेब्रुअरीमा बेइजिङमा भएको शीतकालीन ओलिम्पिक्सको अवसरमा भेटेका थिए।

विश्लेषकहरूले बढ्दो तनावका बीच पश्चिमा विरुद्धको शक्ति प्रदर्शनका रूपमा यस भेटवार्ताको महत्त्वलाई जोड दिएका छन्।

फेब्रुअरीको उक्त भेटपश्चात् जारी संयुक्त विज्ञप्तिमार्फत् उनीहरूले दुई देश बीचको सम्बन्धको "सीमा नरहेको" बताएका थिए। त्यसको केही दिनपछि रुसले युक्रेनमा आक्रमण गर्‍यो।

तर यस विषयमा चीनले न त आलोचना गरेको छ न त समर्थन नै गरेको छ। बेइजिङले वास्तवमा दुवै पक्ष दोषी रहेको बताएको छ। रुस विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धमा चीन सामेल भएको छैन। बरु दुई देशबीचको व्यापार बढ्दै गएको छ। युक्रेनमाथि आक्रमण भएपछि रुसी तेलको भारतीय र चिनियाँ आयात बढेको छ।

हालैका महिनाहरूमा स्वशासित ताइवानको विषयमा तनाव बढेसँगै चीनको पश्चिम, विशेषगरी अमेरिकासँगको सम्बन्ध चिसिएको देखिन्छ। चीनले उक्त टापुलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

गत महिना बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसीको भ्रमण लगत्तै त्यस टापु वरिपरि पाँच दिन लामो सैन्य नाकाबन्दी लगाएको थियो। 

दुई वर्षभन्दा बढी समयमा, लकडाउन र धरमराएको अर्थतन्त्रजस्ता विभिन्न राष्ट्रिय चुनौतीहरूका बाबजुद चीन छोड्ने निर्णयलाई चिनियाँ जानकारहरूले राष्ट्रपति सीको आफ्नो नेतृत्त्वप्रतिको आत्मविश्वासका रूपमा व्याख्या गर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending