Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्यास निर्यात बढाउने

खबरडबली संवाददाता

पेरिस । फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी (जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ । 

फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो । 

युक्रेनमा भएको युद्धको प्रभावले पूर्वबाट आएको ऐतिहासिक ग्यास प्रवाहउल्टो भएको छ,” जीआरटीग्याजले एक विज्ञप्तिमा भनेको छ ।

कम्पनीले फ्रान्सबाट जर्मनीमा निर्यातका लागि नयाँ क्षमता विकास गर्न आफ्नो सञ्जाल व्यवस्थित गर्ने काम गरिरहेको छ । यसले अक्टोबरको मध्यबाट सेवा उपलब्ध गराउनेछ । 

जीआरटीग्याजका अनुसार लिक्विफाइड नेचुरल ग्याँस ९एलएनजी० आयात गर्ने फ्रान्सका टर्मिनलहरू ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्, जसले देशको सञ्चितिलाई ९४ प्रतिशतमा भर्न मद्दत गरेको छ जुन युरोपेली औसतभन्दा करिब १० अङ्क बढी हो ।

“सामान्य जाडोमा ग्याँसको कुनै कमी हुनेछैन,” कम्पनीले भनेको छ । 

“विशेष गरी उच्च खपतको दिनहरूमा, युद्धका कारण ग्यासको आपूर्ति केही कमी भए पनि यसको भरपूर व्यवस्थापन गर्ने काम भइरहेको छ । ‘अत्यधिक चिसो’ हुँदा जीआरटीग्याजले ग्यास आपूर्तिमा लगभग पाँच प्रतिशतको कमी हुने प्रक्षेपण गरेको छ । 

कम्पनीले अभावका समय हरेक घरपरिवारहरूलाई एक डिग्री सेल्सियसतापक्रम घटाउने सल्लाह पालन गर्न प्रोत्साहित गरेको छ ।

जीआरटीग्याजले भनेको छ, “अन्तिम उपायको रूपमा, प्रमुख उपभोक्ताहरूलाई लक्षित गरी लोडसेडिङले आवासीय ग्राहकहरूलाई चरम परिस्थितिमा जोगाउन सक्छ जुन धेरै सम्भावना छैन ।”

प्रधानमन्त्री एलिजाबेथ बोर्नले युक्रेनमा रूसको आक्रमणबाट उत्पन्न व्यवधानका कारण यस हिउँदमा बढ्दो ऊर्जा लागतको सामना गर्न देशलाई सहयोग गर्ने सरकारको योजना प्रस्तुत गर्ने तयारी गरिरहेकै बेला यो भनाइ आएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका

काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...

एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...

मुहान क्षेत्रका बासिन्दाले पानी नपाए मेलम्चीको आपूर्ति रोक्ने सांसद पाण्डेको चेतावनी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...

नख्खु कारागारबाट फरार प्रतिवादी मकवानपुरबाट पक्राउ

हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...

प्रतिनिधिसभामा विपक्षीको अडान कायम, प्रधानमन्त्रीसँग सदनमै जवाफ माग

काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending