Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

युक्रेनले रुसले कब्जा गरेको कति क्षेत्र फिर्ता लियो ?

रुसले पछिल्ला दिनमा युक्रेनले कब्जामा लिएका क्षेत्रमा आक्रमण जारी

खबरडबली संवाददाता

काठमाडौं । अहिले जारी प्रत्याक्रमणका कारण युक्रेनी सेनाले रुसी सेनाबाट थप क्षेत्र आफ्नो कब्जामा लिन सकेको त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दाबी छ।

उनका अनुसार सेनाले सेप्टेम्बरयता युक्रेनको पूर्व र दक्षिणमा रुसी नियन्त्रणमा रहेका ६,००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्र फिर्ता लिइएको हो।

यद्यपि, बीबीसीले यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

रुसले उत्तर-पूर्वी खार्किभ क्षेत्रका प्रमुख सहरहरू गुमाएको स्वीकार गरेको छ जसलाई केही सैन्य विज्ञहरूले युद्धको उल्लेख्य घटनाक्रमका रूपमा हेरेका छन्।

मस्कोले युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यले आफ्नो सेना "पुनः सङ्गठित हुन" का लागि फिर्ता गरेको बताएको छ।

तर उक्त दाबीलाई रुसमा समेत हाँसोको विषय बनाइएको छ। अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले सेनाको फिर्तीलाई "लज्जास्पद" भनेर व्याख्या गरेका छन्।

सोमबार साँझ बीबीसीसँग कुरा गर्दै, अमेरिकास्थित थिङ्क ट्याङ्क द इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्लू)का मेसन क्लार्कले त्यो रुसी सेनाहरूको "सम्पूर्ण हार" भएको बताए। त्यहाँ उनीहरूले थुप्रै उपकरणहरू छोड्न बाध्य भएका छन्।

त्यस्तै बीबीसीका जेम्स वाटरहाउसका अनुसार रुसी सेनाको लागि गत मार्चको अन्त्यमा राजधानी किएभ नजिकैको असफल अभियान पछिको यो अर्को महत्त्वपूर्ण असफलता हो।

सोमवार साँझको भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने: "सेप्टेम्बरको सुरुवातदेखि आजसम्म हाम्रा योद्धाहरूले पूर्व र दक्षिणका ६,००० वर्गकिलोमिटर भन्दा बढी युक्रेनी क्षेत्रफललाई स्वतन्त्र पारिसकेका छन्।"

प्रत्याक्रमणको यो स्तर पुष्टि भयो भने निकै छिटो भएको देखिन्छ। बिहीवार राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर भूमि, शनिवार साँझ २,००० वर्गकिलोमिटर र आइतवार उक्त तथ्याङ्क झन्डै तीन गुना बढेर ३,००० वर्गकिलोमिटर पुन:प्राप्ति गरेको बताएका थिए।

जेलेन्स्कीले जबाफी आक्रमणमा संलग्न युक्रेनका धेरै ब्रिगेडहरूलाई धन्यवाद दिए र उनीहरूका लडाकुहरूलाई "सच्चा नायक"को सङ्ज्ञा दिए।

उनले कुनकुन युक्रेनी सहर तथा गाउँहरू रुसी नियन्त्रणबाट मुक्त गरिएको हो भन्नेबारे कुनै जानकारी दिएनन्।

रुसले यसअघि आफ्नो सेनाले खार्किभ क्षेत्रका प्रमुख सहरहरू बालाक्लिया, इज्युम र कुपियान्स्क छोडेको स्वीकार गरेको थियो। रुसले अहिले यस क्षेत्रको सानो पूर्वी भाग मात्र नियन्त्रणमा राखेको छ।

क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले महत्त्वपूर्ण प्रगति गरेको विवरणहरू आएका छन्। युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो।

ब्रिटेनका रक्षा अधिकारीहरूले युक्रेनी सेनाको पछिल्लो सफलताले रुसको समग्र परिचालन योजनामा "महत्त्वपूर्ण प्रभाव" पार्ने बताएका छन्।

यद्यपि, क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले "सुरुमा तय गरिएका सबै कार्यहरू पूरा नभएसम्म" युक्रेनविरुद्ध कारबाही जारी रहने कुरामा जोड दिएका छन्।

रुसले पछिल्ला दिनहरूमा युक्रेनले कब्जामा लिएका क्षेत्रमा आफ्ना सेनाले आक्रमण जारी राखेको बताएको छ।

इज्युमका मेयर भलेरी मार्चेन्कोले बीबीसीसँग आफ्नो सहरमा युक्रेनी सेनाको उपस्थिति पुष्टि गरे र त्यहाँ आफ्नो राज्यको झन्डा फहराएको बताए।

सेना अहिले युद्धग्रस्त सहर सफा गर्नमा व्यस्त छ र युक्रेनी सेनाले मानिसहरूको घरमा लुकेर बसेका रुसी सैनिकहरूको खोजी गरिरहेका छन्।

मार्चेन्कोका अनुसार "करिब १० दिन" पछि त्यस सहरबाट अन्यत्र स्थानान्तरण हुन बाध्य बासिन्दाहरू "सुरक्षित रूपमा" फर्कन सक्नेछन्।

रुसले युद्ध मैदानमा खेपेको असफलताको बदला लिन नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाइएको छ।

आइतवार भएको शृङ्खलाबद्ध क्षेप्यास्त्र आक्रमणका कारण उत्तर-पूर्वी युक्रेनमा ठूलो मात्रामा विद्युत् कटौती भएको र हजारौँ मानिसहरूलाई केही घण्टासम्म बिजुली र पानीबाट वञ्चित गरिएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending