Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

प्रकृतिको उपहार : बाघझोडा सिमसार

खबरडबली संवाददाता

मोरङ । मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन । 

यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्ने र टिकटक बनाउनेहरूको चहलपहल हिजोआज बढेको पाइन्छ । परापूर्वकालमा यो क्षेत्रमा बाघ पाइने गरेका कारण यसको नाम बाघझोडा सिमसार रहन गएको स्थानीयवासीहरूको मत रहेको छ । 

बार्है महिना पानीको दुःख नहुने तथा कहिल्यै नसुक्ने सिमसार क्षेत्र भएकोले अहिले यहाँ ठूलाठूला पोखरीसमेत निर्माण भएका छन्  । यसबाट खेती किसानका लागि सिँचाइमा पनि मद्दत पुगेको छ । यस क्षेत्रलाई अझै राम्रो विकास गरेर निर्माण भएको ताल जस्तै सुन्दर पोखरीमा डुङ्गा सयरको व्यवस्था गर्न सके राम्रो आम्दानी गर्ने सकिने स्थानीयवासीहरू बताउँछन् । 

बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको खोर्साने बजारबाट करिब एक किलोमिटर उत्तर लागेपछि पुगिन्छ । व्यवस्थित सडकमा साना सवारीसाधन प्रशस्तै पाइने भएकाले यहाँ सजिलै पुग्न सकिन्छ । यहाँ बस्नका लागि आरामदायी पुरानो कला र सीपद्वारा निर्माण भएका काठका फलैँचासमेत बनाइएको छ । 

यस स्थानमा किराँत राई यायोक्खा साकेला थानसमेत रहेको छ । यो थान २०५३ सालदेखि स्थापित छ । यहाँ दुर्लभ माछा, कछुवा, चराचुरूङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना रहेका छन् । सिमसारमा अहिले दुरूस्त बाघको प्रतिमा निर्माण भएसँगै यहाँ रमाउनेको लागि आकर्षण थपेको छ । 

बाघझोडामा हात्ती, डाइनोसरको विशाल प्रतिमालगायत विविध खेल समाग्री निर्माण भएका छन् भने अहिले  कटेजहरु समेत बनेको देख्न सकिन्छ । हरेक वर्ष विभिन्न स्थानबाट मान्छेहरु वैशाख महिनामा मेला भर्न पनि बाघझोडा आउँछन् । बाघझोडा पुगेर जङ्गल, सिमसार र पोखरीको एकै साथ आकर्षक दृश्य देख्न सकिन्छ । 

विविध कारणले पछि परेको यो सिमसारको अहिले भने केही विकास र सुधार भएको अवस्था छ । यहाँ अहिले बाघझोडा पोखरी संरक्षण एवं सम्वद्र्धन समितिले विविध काम गरिरहेको छ । सिमसारलाई अझै व्यवस्थित र विकास गर्न स्थानीय र प्रदेश सरकारले केही राम्रो बजेट छुट्ट्याउनुपर्ने सिमसार  संरक्षण समितिका अध्यक्ष तथा पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए । 

बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको पहिचान तथा गहना भएकाले यसको विकासका लागि राम्रो गुरुयोजना बनाएर राज्यको समेत ध्यानाकर्षण गरी सिमसारलगायत अन्य पर्यटकीय क्षेत्रको हित तथा सुधारका पहल भइरहेको नगर प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा नेपालीको भिसा र ग्रीनकार्ड रद्द हुन सक्ने चेतावनी पछाडिका दुई कारण

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूतले एउटा सरकारी आँकडाले अमेरिकामा रहेकामध्ये ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले अमेरिकी सरकार...

निर्वाचन दुई चरणमा गर्ने विषय आयोगले कहिल्यै स्वीकार गरेको छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाच...

भोजमा मासु खाँदा हड्डी अड्किएर एकको मृत्यु

नुवाकोट । भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्था...

तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत दे...

ताप्लेजुङमा भूकम्पको धक्का, पूर्वी नेपालमा पनि महसुस

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबा...

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा...

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरी...

प्रतिनिधिसभा निर्वाचन- ४४ जिल्लाको मतपत्र छपाइ सकियो, समानुपातिकतर्फको ढुवानीको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्ष...

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE