हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडास्तरबाटै जनताको जीवनस्तरमा सुधार ल्याएर समाजवादको शुरुआत गरिने बताएका छन् । योजना आयोग बागमती प्रदेशको मानव विकास प्रतिवेदन लोकार्पण कार्यक्रममा उहाँले देशमा समाजवाद ल्याउन वडास्तरमा समाजवाद स्थापना हुनुपर्ने बताए ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइनेछ ।” उहाँले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
सीपयुक्त जनशक्ति उत्पादन गरेर देश विकास गर्न, अर्थतन्त्र बलियो बनाउन र बाहिर सीपयुक्त जनशक्ति पठाएर धेरै रकम भित्राउन सकिने भएकाले सीप सिकाउनका लागि रु १५ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा। विश्वराज जोशीले मानव विकास भनेको भौतिक पूर्वाधार विकास मात्र नरहेको बताए । उनले उत्पादन र वितरणलाई विशेष ध्यान दिएर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । मकवानपुरगढी गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिनले गाउँमा सस्तो मूल्यमा जगा किनेर छोड्नेको सङ्ख्या बढेकाले पनि जमिन बाँझो भएर उत्पादनमा कमी आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: