Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

रामपुरका बाख्रा पाल्ने कृषकलाई अनुदान

खबरडबली संवाददाता

रामपुर ।  हुमीकुमारी पाँडे मगरले गत आर्थिक वर्षमा आफूले उत्पादन गरेका खसी बोका बिक्री गरेबापत रु १९ हजार दुई सय पाँच अनुदान रकम बुझे । सो रकम पाउँदा उनलाई व्यवसायमा हौसला बढेको छ । 

पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट बस्ने हुमीकुमारीलाई सो अनुदान रकम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले प्रदान गरेको हो । उनले सात सय ६५ किलो खसी बोका गएको एक वर्षमा बजारमा बिक्री गरेका छन्  । सोबापत प्रतिकिलो रु २५ रकम अनुदान बुझ्दा उनी दङ्ग छन् । सहकारीमा आबद्ध कृषकलाई पालिकाको सहयोगमा धेरै खसी बोका तथा स्थानीय जातका कुखुरा उत्पादन गरेर जिउँदो बिक्री गर्नेलाई उपलब्ध गराइएको छ । व्यावसायिकरुपमा लागेका कृषकलाई अनुदान रकमले राम्रो गर्छु भन्ने ऊर्जा थपिदिएको उनको भनाइ छ ।

“घरमा पालेका साना खसी बोकालाई हुर्काएर ठूलो बनाएर बेच्दा राम्रो मूल्य पाइने, बजारमा माग बढ्दो र मूल्य राम्रो छ, अर्कोतर्फ धेरै उत्पादन गरेबापत अनुदान रकम पाउँदा व्यवसाय बढाउने सोचमा छु, दोहोरै पैसा बुझ्न पाइने भएपछि गाउँमा घाँसपातको सुविधा राम्रै छ, माउ बाख्रा थपेर बाख्राबाट अझ धेरै कमाइ गर्नेछु”, उनले भने ।

उनको घरमा हाल ३० माउँ बाख्रासहित हाल ६५ बाख्रा छन् । कोही बिक्री गर्ने खालका, कोही साना–साना पाठापाठी छन् । उनले दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेका छन् । हुमीकुमारीजस्ता यहाँ धेरै महिलाले आफूले उत्पादन गरेका खसी बोका, स्थानीय जातका कुखुरा उत्पादनका आधारमा अनुदान रकम पाउँदा खुसी छन् । अहिले गाउँमा कसले धेरै कुखुरा बाख्रा उत्पादन गर्ने एकापसमा प्रतिस्पर्धा छ ।

उत्पादनमा आधारित अनुदान रकम दिन थालेपछि महिलाको बाख्रा तथा कुखुरापालनमा आकर्षण बढ्दै गएको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गङ्गीसरा सिञ्जालीले बताइन्  । गत वर्ष दुई सय तीन कृषकमध्ये खसी बोका बिक्री गर्ने एक सय ६० र स्थानीय जातका कुखुरा बिक्री गर्ने ४३ जनालाई अनुदान वितरण गरिएको उनले जानकारी दिइन्  । 
       
उनी भन्छिन्, “खसी बोकाका हकमा एक सय किलोभन्दा बढी र स्थानीय कुखुरा २५ किलोभन्दा माथि वर्षभरिमा जिउँदै तौलेर बिक्री गर्ने कृषकलाई अनुदान दिइएको छ, यो कार्यक्रम लागू भएपश्चात् साना साना बाख्रा तथा कुखुरा बेच्ने महिला अहिले ठूलो बनाएर मात्रै बेच्ने गर्नुहुन्छ”, उनले  भनिन् । उनका अनुसार रु सात लाख २६ हजार चार सय ७५ बराबरको अनुदान रकम सहकारीले कृषकलाई उपलब्ध गराएको छ । फोक्सिङकोट गाउँबाट एक वर्षको अवधिमा २७ हजार एक सय ४१ किलो जिउँदो खसी बोका र एक हजार नौ सय १८ किलो कुखुरा बिक्री गरिएको छ ।

उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि निर्माण गरेर तीन वर्षदेखि अनुदान दिन थालेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए  । उनका अनुसार अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक छवटा संस्थाले पालिकासँग सम्झौता गरेको छ । जिउँदो खसी बोका तौलेर बेच्नेलाई मात्रै उत्पादनका आधारमा पालिकाबाट अनुदान दिने गरिएको छ । 
      
प्रतिकिलो रु ५० कृषकले पाउने र खसी बोका बिक्री गरेबापत सम्बन्धित संस्थालाई रु दुई रकम उपलब्ध गराइँदै आएको अध्यक्ष भण्डारीले बताए । हाललाई तीनवटा संस्थालाई मसलन्द खर्चबापत वार्षिक रु १५÷१५ हजार रकम दिने गरिएको छ । “उत्पादनका आधारमा दुई वर्षसम्म प्रतिकिलो रु ५० अनुदान रकम कृषकलाई वितरण गरियो भने पालिकाको आन्तरिक आम्दानी कम भएकाले गत वर्षको प्रतिकिलो रु २५ उपलब्ध गराइएको छ, बाँकी रहेको रु २५ रकम तत्काल स्रोत व्यवस्थापन गरेर पालिकाले सम्बन्धित कृषकलाई उपलब्ध गराउने तयारी गरिरहेको छ”, अध्यक्ष भण्डारीले भने ।

बाख्रापालनमा पालिकाले उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायमा निरन्तरता दिन प्रोत्साहनस्वरुप अनुदान दिने कार्यक्रम ल्याएको हो । यस्ता कार्यक्रमबाट कृषक प्रत्यक्ष लाभान्वित हुने हुदा निरन्तररुपमा पालिकाले अगाडि बढाउनुपर्ने फोक्सिङकोटका स्थानीयवासी तथा शिक्षक एवत सारुले बताए  । 
      
यहाँका महिलाको दैनिकी हिजोआज बाख्रापालनमा बितेको छ । सहकारीले गाउँबाटै खसी बोका, कुखुरा जिउँदो तौलेर बिक्री गरिदिने व्यवस्थाले कृषकलाई बिक्रीको झण्झट छैन । बर्सेनि ठूलो सङ्ख्यामा खसी बोका विभिन्न बजारमा निर्यात हुने गरेको छ । फोक्सिङकोट क्षेत्र बाख्रा उत्पादनका क्षेत्रका रुपमा चिनिएको छ । दुई चार पैसाका लागि अरुको निर्भर रहने महिला अहिले बाख्रापालन गरेर आफैँ स्वावलम्बी बनेका छन् ।
 
हेफर परियोजना नेपालले गाउँ–गाउँमा बाख्रापालनमा सहयोग गर्न थालेपछि करिब सात वर्षयता ग्रामीण भेगका महिलाले व्यवसायीकर्तालाई जोड दिँदै गएका छन् । यहाँका महिलाले व्यवसाय विस्तार गर्दै जाँदा अहिले परिवारको दरिलो आम्दानीको स्रोत नै बाख्रापालन व्यवसाय बनेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending