Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

चितवनबाट अन्यत्र जान्न, चुनाव जित्छु–प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन्। पोखरामा शुक्रबार बिहान आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताउँदै चितवनबाट दायाँबायाँ नगर्ने बताएका हुन्।

‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरूले पनि आइदिनुपर्‍यो भन्नुभएको छ,’ पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘काँग्रेसका नेताले गोरखा आइदिनुपर्‍यो भन्नुभयो। तर म अहिले चितवनबाटै लड्छु। मेरो दिमागमा दायाँबायाँ अर्को छैन। चितवनका जनता, चेतना र भावनाप्रति विश्वास छ। गठबन्धन पनि छ। जित सुनिश्चित छ।’

उनले चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने पनि बताए। ‘चितवन छाड्दा सन्देश राम्रो हुँदैन। त्यहाँ चुनाव लड्दा कहीँ न कहीँ नकारात्मक सन्देश जान्छ। चितवनमा जित्छु भन्नेमा पूर्ण विश्वासमा छु। हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ। प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो,’ उनले भने, ‘अहिले चितवन छाडेर हिँड्दा डराएर हिँडेको भन्ने हुन्छ। मैले त्यहाँ जित्छु पनि।’

उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको उल्लेख गर्दै सहमति र समझदारीको निकट पुगिसकेको दाबी गरे। उनले भने, ‘नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंगोमा पुगिसक्ने थियो। आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टुंगोमा पुग्नेछौं।’

प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयकलाई राजनीतिक विषय बनाउने मुडमा देखिएको जिकिर गरे। राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच गत १५ भदौमा भेटघाट भएको थियो। ‘हुन त केही दिनअगाडि राष्ट्रपतिलाई भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा भएको देखेको थिएँ। नगर्ने सम्भावना (प्रमाणीकरण) पनि छ,’ उनले भने, ‘मैले दोस्रो पटक पनि प्रमाणीकरण भएन भने राजीनामा दिनुपर्ने स्थिति आउँछ या अदालतमा जान्छ भनेको थिएँ। यी दुई वटामा एउटा हुनसक्छ। अनुमानको कुरा हो।’

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies