काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँगाउँमा परिचालित हुन आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० ले यहाँ आज आयोजना गरेको निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निर्वाचन केन्द्रित हुँदै पार्टीले गरेका कामलाई जनतासम्म पु¥याउन निर्देशन दिए।
उनले भने, “अहिले हामी एउटा निर्वाचनको ब्याटलमा जाँदै छौँ, पार्टीको नीति भनेको सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट सङ्घर्ष गर्ने हो, त्यसो गर्दा आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ, र नयाँ उपलब्धि पनि हासिल गर्न सकिन्छ ।” संविधानका कतिपय विषयमा असन्तुष्टि हुदाहुँदै पनि नैतिक र राजनीतिक जिम्मेवारीलाई बहन गर्दै निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार ऐनहरु निर्माण गर्ने र समाजवादको यात्रामा जाने पार्टीको मुख्य उद्देश्य रहेको प्रष्ट पारे।
पछिल्लो समय निर्वाचन प्रणालीमा देखिएका विकृति र विसङ्गतिलाई सच्याउने, सुधार गर्नेलगायत पार्टीको अभियान सुनाउँदै अध्यक्ष प्रचण्डले पार्टीको उद्देश्य र अभियानलाई सफल बनाउँदै निर्वाचनमा परिचालित हुन पनि निर्देशन दिए। अध्यक्ष प्रचण्डले भने, “यी हाम्रा उद्देश्य, अभियानलाई सफल बनाउन तपाईंहरु क्रान्तिकारी फोर्सको रुपमा, अनेरास्ववियु क्रान्तिकारीको रुपमा वा स्वयंसेवकको रुपमा जनताको बीचमा पार्टीको मान्यतालाई स्थापित गर्न विशेष निर्देशन गर्दछु, तपाईंहरु टोलटोलमा पुग्नुपर्छ, गाउँगाउँमा पुग्नुपर्छ र जनतालाई एउटा नयाँ चेतनामार्फत जागरुक बनाउनुपर्नेछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: