काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो । खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो ।
मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता लियो । खेलको २३औँ मिनेटमा भारतीय खेलाडी ग्रेस डाङमीले गोल गर्दै भारतलाई दोस्रो अग्रता दिलाएकी हुन् । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतकी सौम्या गुगुलोथले एक गोल थप्दै खेललाई ३–० को जित दिलाइन् ।यस जितसँगै भारतले शीर्ष तीन अङ्क जोडेको छ । पाकिस्तानले भने प्रतियोगितमा हारबाट सुरुआत ग¥यो । उक्त प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा माल्दिभ्स र बङ्गलादेश भिड्नेछन् । खेल साँझ साढे ५ बजेदेखि सुरुआत हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १३:४०
काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–७ रतनपुर निवासी ३२ वर्षीय रमेश यादवको बिह...
आषाढ़ १९ गते, २०८३ - १३:१३
युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...
आषाढ़ १९ गते, २०८३ - १२:५३
बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...
आषाढ़ १९ गते, २०८३ - १२:०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वाताव...
आषाढ़ १९ गते, २०८३ - ११:५३
काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...
आषाढ़ १९ गते, २०८३ - ११:३५
क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...
आषाढ़ १९ गते, २०८३ - ११:२७
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
आषाढ़ १९ गते, २०८३ - ११:१२
काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...
आषाढ़ १९ गते, २०८३ - १०:५२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...
आषाढ़ १९ गते, २०८३ - १०:४३
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...



प्रतिकृया लेख्नुहोस्: