काठमाडौं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् ।
बलात्कारको मुद्दाबाट सफाइ पाएपनि शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
अभिनेता शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् । शाह निर्दोष भएको दाबी गर्दै उनका पक्षबाट बहस गरेका अधिवक्ताले किशोरीले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको बयान दिएकाले उनलाई थुनामा राख्न नहुने जिकिर गरेका थिए ।
बलात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेर उनले बलात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन् । त्यही बयानलाई आधार मानेरअदालतले शाहले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो ।।
नवलपुर जिल्ला अदालतबाट सफाइ पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाइ पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: