Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

मिन विश्वकर्माको नाम सुनसरी–१ बाट सिफारिस

खबरडबली संवाददाता

सुनसरी । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न परिपत्रअनुसार गरेअनुरुप सचेतक विश्वकर्माको नाम तय गरिएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए। 

सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, १ नम्बर प्रदेशका महामन्त्री उमेश थापा, प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, सङ्घीय सांसद मीना सुब्बाको नाम पनि सिफारिस भएको पार्टीका जिल्ला सचिव साहले जानकारी दिए । 

सोही क्षेत्रबाट प्रतिनिधिसभा समानुपातिकमा उमेश थापा, विनोद राई, गणेश परियार, अञ्जना राई, सुवास राई, गणेश सुब्बा, चित्राकुमारी राई, आनन्दप्रसाद आचार्य, मीना पुलामी, भोजराज न्यौपाने, पूर्ण सुवेदी, पूर्णबहादुर राई, प्रेम पौडेल, निर्मला गुरुङ, मनिता घिमिरे, कोकिला भट्टराईको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । 

त्यसैगरी कांग्रेस सुनसरी क्षेत्र नम्बर १९क०बाट प्रत्यक्षतर्फ सुजेन्द्र तामाङग, अनिल श्रेष्ठ र कुसुमलता ओलीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ श्यामा रेगमी, कृष्णकला मादेम, अनिल श्रेष्ठ, चन्द्रशेखर लामा, सन्दीप श्रेष्ठ, रवि राई, गोविन्द दर्नाल, मदन ढकाल, राजेन्द्र साह, जयप्रकाश शर्मा, शिला बज्राचार्य, निर्मला शर्मा नेपाल, युवराज शङ्कर, सचित शर्मा, झुमादेवी राई, अशोक अविरल राई, पदमसुन्दर लिम्बू, किशोरकुमार राई, चन्द्रप्रसाद नेपाल, सुरेशमान श्रेष्ठ, विनोद घिमिरे र सन्तोष सापकोटाको नाम सिफारिस भएको छ । 

त्यसैगरी सुनसरी क्षेत्र नम्बर १९ख० बाट प्रत्यक्षतर्फ माधवबहादुर घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, केशव पुरी, नारद राई, रमेश काफ्ले, हिमाल राई, काशीराम चौधरी, अजय राई र सुरेन राईको नाम उम्मेदवारका लागि सिफारिस भएको छ भने समानुपातिकतर्फ, सन्तोष विश्वकर्मा, बुद्धि कटुवाल, रोजन रनपैहेली, सुनिता राई, तिलक सुनुवार, रोविन्दबहादुर बस्नेत, ममता तामाङ, पूजा धामी, विजया कटुवाल, मञ्जु राई नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव साहले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending