Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

राष्ट्रियसभाबाट कारागार विधेयक पारित

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७९ पारित गरेको छ ।
      
सभाको आजको बैठकले गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको कारागार विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
      
विधेयकमाथिको छलफलमा सांसदहरु डा विमला राई पौड्याल र भूवनबहादुर सुनारले कारागार व्यवस्थापन सुधारका लागि संरचना निर्माण र जनशक्तिको व्यवस्थापन गर्न ध्यानाकर्षण गराए ।
      
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले कारागारको भौतिक संरचना र व्यवस्थापनलाई सुधार गर्नेगरी विधेयक ल्याइएको बताए। उनले कारागारमा धेरै खालका कैदीबन्दी रहेकाले कारागारलाई सुधारगृह बनाउने र उनीहरुलाई उत्पादनशील बनाउँदै मानवअधिकार र समाजप्रति बढी उत्तरदायी बनाउने विधेयकले लक्ष्य लिएको बताए।
      
गृहमन्त्री खाणले कारागारलाई सुधारगृहका रुपमा विकास गरी भौतिक संरचनालाई पनि सुधार गरेर बन्दीको स्वास्थ्य र सुरक्षाको राज्यले गम्भीर तरिकाको सुरक्षा गर्नुपर्छ भन्ने सकारात्मक सुझावलाई समेटेर विधेयक अघि बढाइने विश्वास व्यक्त गरे। आगामी वर्षबाट कारागार व्यवस्थापनमा राज्यले लगानी वृद्धि गर्ने उनले बताए।
      
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । 

बैठकले कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ २६ गते दिउँसो १ बजे बस्नेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशमा लागुऔषधविरुद्ध प्रहरीको अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्र...

चटकका भरमा बनेको सरकार चटककै भरमा ढल्छ- ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिकाउ आधारमा नभई ‘चटक’का भरमा बनेको आरोप लगाएका छन्। एमाले...

एमालेविरुद्ध कुप्रचार भइरहेको छ, हामी धक्का छिचोल्दै अघि बढ्छौँ - ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश जागरण अभियानल...

गुणस्तर मापदण्ड उल्लंघन गरेको भन्दै न्युरोडको रेस्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट ...

सरकारको सय दिन पूर्ण रूपमा असफल भएको देख्छु: प्रचण्ड

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सय दिनको कार्यकाल उपलब्धीविहीन रहेको टिप्पणी गरेका छन्। ल...

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २०...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्नरगराउनका लागि ...

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...

जीर्ण प्रहरी भवन निर्माण सरकारको प्राथमिकतामा - गृहमन्त्री गुरुङ

रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् । नेप...

संविधान र संघीयतामाथिको हमला स्वीकार्य हुँदैन - महामन्त्री पौडेल

लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending