मुसीकाेट । रुकुम पश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा आठ सय गर्भवतीको शल्यक्रिया गरिएको छ। सामान्य रुपमा सुत्केरी हुन नसक्ने आठ सय गर्भवतीलाई शल्यक्रिया अर्थात् अपरेशन गरेर सुत्केरी बनाइएको हो।
जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सुविधा छ।
आर्थिक वर्ष २०७४ र ७५ मा एक सय ६४, २०७५/७६ मा एक सय ५३, आव २०७६/७७ मा एक सय ३१, २०७७/७८ मा एक सय ५६ र २०७८/७९ मा एक सय ९६ गर्भवतीको शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
जिल्ला अस्पताल सल्लेमा दुई सय तीन र चौरजहारी अस्पतालमा पाँच सय ९५ गर्भवतीको शल्यक्रिया भएको बताइएको छ।
जिल्ला अस्पताल सल्लेभन्दा चौरजहारी अस्पतालमा बढी शल्यक्रिया भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिए।
चौरजहारी अस्पतालमा जाजरकोट र सल्यानका गर्भवतीले सेवा लिएका छन्। जसका कारण चौरजहारीमा सेवा लिनेको सङ्ख्या ठूलो रहेको उनले बताए।
जिल्ला अस्पताल सल्लेमा आव २०७४/७५ मा ३८, २०७५/७६ मा ४७, २०७६/७७ मा २०, २०७७/७८ मा ४१ र २०७८/७९ मा ५७ जटिल खालको समस्या भएका गर्भवतीको अपरेशन हुँदा चौरजहारी अस्पतालमा आव २०७४/७५ मा एक सय २४, २०७५/७६ मा एक सय छ।
२०७६/७७ मा एक सय ११, २०७७/७८ मा एक सय १५ र २०७८/७९ मा एक सय ३९ को अपरेशन भएको थियो।
जिल्ला अस्पताल सल्ले र चौरजहारीमा शल्यक्रिया सेवा उपलब्ध भएपछि जटिल खालको समस्या भएका गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। जिल्लामै सेवा दिँदा मातृ तथा शिशु मृत्युदरमा समेत कमी आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: