Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

साफ महिला च्याम्पियनसिपः नेपाललाई इतिहास रच्ने अवसर

खबरडबली संवाददाता
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ ।  
 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ । दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
 
सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो । बङ्गलादेशबाट सुरु भएको उक्त च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म पनि नेपालले उपाधि जित्न सकेको छैन । पाँच पटकको सहभागितामा नेपाल चार पटकसम्म उपविजेतामै सीमित भएको छ । एकपटक सेमिफाइनमै सीमित बनेको थियो । 
 
च्याम्पियनसिपको उपाधि भारतबाहेक अन्य राष्ट्रले हालसम्म जित्न सकेको छैनन् । चार पटकसम्म नेपाल फाइनल पुग्दै भारतसँग नै पराजित हँुदै आएको छ । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हँुदै दोस्रो बनेको थियो । 
 
यसैगरी सन् २०१२ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणको खेलमा नेपाल भारतसँगै पराजित भयो । त्यतिबेला नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित भयो र दोस्रो संस्करणको उपाधि पनि भारतले नै चुम्यो । 
 
सन् २०१४ मा पाकिस्तानमा भएको समूह चरणको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनल यात्रा तय गर्दा फेरि पनि नेपाल र भारतकै भेट हुन पुग्यो । त्यस संस्करणमा नेपालले इतिहास रच्न सकेन र फाइनल खेलमा भारतसँग नेपाल ६–० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो । प्रतियोगितामा भारतले उपाधिको ह्याट्रिक पूरा गर्दा नेपाल भने तेस्रो पटक पनि उपविजेतामा नै सीमित भयो । 
 
च्याम्पियनसिपको चौथौ संस्करण भारतले आयोजना ग¥यो । सन् २०१६ मा आयोजना भएको उक्त प्रतियोगिताको उपाधि भारतले नै जित्यो । तेस्रो संस्करणको खेलसम्म दोस्रो बन्दै आएको नेपाल यसपटक त सेमिफाइनलमा नै सीमित बन्यो ।
 
यसपटक पनि भारत तगारो बन्दा नेपाल सेमिफाइलबाट नै बाहिरिनुप¥यो । सेमिफाइनल खेलमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित भयो ।  
 
पाँचाँै संस्करणको खेल भने नेपालले आयोजना ग¥यो । यो खेलमा नेपालका लागि भारत नै बाधक बन्यो । विराटनगरमा सन् २०१९ मा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत नै भयो । आम दर्शकको समर्थन पाउदा पनि नेपाल भारतसँग नै चुक्यो । लिग चरण पार गर्दै फाइनल पुगेको नेपाल अन्ततः भारतसँग ३–१ गोल अन्तरले नै पराजित भयो । भारतले पाँचौँ पटक साफ च्याम्पियपनसिपको उपाधि उचाल्दा नेपाल भने चौथो पटकसम्म उपविजेतामा सीमित भयो ।     
 
घरेलु मैदानमा दोस्रो पटक आयोजना गर्न लागेको छैटाँै संस्करणको खेलमा भने नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर छ । घरेलु मैदानमा नेपाली टोलीलाई आम दर्शकको साथ र समर्थन हुनेछ । 
 
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपालको लक्ष्य साफमा पहिलो पटक उपाधि जित्ने रहेको बताउछन् । उनले विगतलाई बिर्सेर प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताए ।
 
लिग चरणमा नेपालले भूटान र श्रीलङ्कासँग खेल्नेछ । उहाँले सबै टोली राम्रो भएर आएको र आफ्नो टोली खेल्नका लागि तयारी अवस्थामा रहेकोसमेत बताए। 
 
छैटाँै संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए र समूह बी । नेपाल भने सजिलो मानिएको समूह बी मा परेको छ ।
 
नेपालको समूहमा श्रीलङ्का र भूटान छन् । यी दुई टोलीले अहिलेसम्म फाइनल यात्रा तय गरेका छ्रैनन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । 
 
नेपालले उद्घाटन खेलमा भूटानको सामना गर्नेछ । खेल यही भदौ २१ गते साँझ हुनेछ । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यो खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 
 
यसपटकको साफ च्याम्पियनसिपमा नेपाली कप्तानीको जिम्मेवारी २६ वर्षीय गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पाउनुभएको छ । प्रतियोगिताको तयारी दौरान नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि सुब्बाले अवसर पाएको हो । 
 
उहाँले आफूले पाएको जिम्मेवारी र विश्वासलाई गुम्न नदिने भन्दै साफ च्याम्पियनसिपको उपाधि जित्ने आफनो टोलीको लक्ष्य रहेको बताउनुभयो । एन्जिलाले भन्नुभयो, “हामी अन्तिमसम्म मैदानमा लड्नेछौँ र उपाधि जित्न प्रयास गर्नेछौँ ।”प्रतियोगितामा नेपालसँगै बाँकी छवटै टोलीले प्रतियोगिताका लागि आफनो टिम तयारी अवस्थामा रहेको बताएका छन् । (
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

मधेशमा लागुऔषधविरुद्ध प्रहरीको अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्र...

चटकका भरमा बनेको सरकार चटककै भरमा ढल्छ- ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिकाउ आधारमा नभई ‘चटक’का भरमा बनेको आरोप लगाएका छन्। एमाले...

एमालेविरुद्ध कुप्रचार भइरहेको छ, हामी धक्का छिचोल्दै अघि बढ्छौँ - ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश जागरण अभियानल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending