Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

साफ महिला च्याम्पियनसिपः नेपाललाई इतिहास रच्ने अवसर

खबरडबली संवाददाता
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ ।  
 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ । दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
 
सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो । बङ्गलादेशबाट सुरु भएको उक्त च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म पनि नेपालले उपाधि जित्न सकेको छैन । पाँच पटकको सहभागितामा नेपाल चार पटकसम्म उपविजेतामै सीमित भएको छ । एकपटक सेमिफाइनमै सीमित बनेको थियो । 
 
च्याम्पियनसिपको उपाधि भारतबाहेक अन्य राष्ट्रले हालसम्म जित्न सकेको छैनन् । चार पटकसम्म नेपाल फाइनल पुग्दै भारतसँग नै पराजित हँुदै आएको छ । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हँुदै दोस्रो बनेको थियो । 
 
यसैगरी सन् २०१२ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणको खेलमा नेपाल भारतसँगै पराजित भयो । त्यतिबेला नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित भयो र दोस्रो संस्करणको उपाधि पनि भारतले नै चुम्यो । 
 
सन् २०१४ मा पाकिस्तानमा भएको समूह चरणको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनल यात्रा तय गर्दा फेरि पनि नेपाल र भारतकै भेट हुन पुग्यो । त्यस संस्करणमा नेपालले इतिहास रच्न सकेन र फाइनल खेलमा भारतसँग नेपाल ६–० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो । प्रतियोगितामा भारतले उपाधिको ह्याट्रिक पूरा गर्दा नेपाल भने तेस्रो पटक पनि उपविजेतामा नै सीमित भयो । 
 
च्याम्पियनसिपको चौथौ संस्करण भारतले आयोजना ग¥यो । सन् २०१६ मा आयोजना भएको उक्त प्रतियोगिताको उपाधि भारतले नै जित्यो । तेस्रो संस्करणको खेलसम्म दोस्रो बन्दै आएको नेपाल यसपटक त सेमिफाइनलमा नै सीमित बन्यो ।
 
यसपटक पनि भारत तगारो बन्दा नेपाल सेमिफाइलबाट नै बाहिरिनुप¥यो । सेमिफाइनल खेलमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित भयो ।  
 
पाँचाँै संस्करणको खेल भने नेपालले आयोजना ग¥यो । यो खेलमा नेपालका लागि भारत नै बाधक बन्यो । विराटनगरमा सन् २०१९ मा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत नै भयो । आम दर्शकको समर्थन पाउदा पनि नेपाल भारतसँग नै चुक्यो । लिग चरण पार गर्दै फाइनल पुगेको नेपाल अन्ततः भारतसँग ३–१ गोल अन्तरले नै पराजित भयो । भारतले पाँचौँ पटक साफ च्याम्पियपनसिपको उपाधि उचाल्दा नेपाल भने चौथो पटकसम्म उपविजेतामा सीमित भयो ।     
 
घरेलु मैदानमा दोस्रो पटक आयोजना गर्न लागेको छैटाँै संस्करणको खेलमा भने नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर छ । घरेलु मैदानमा नेपाली टोलीलाई आम दर्शकको साथ र समर्थन हुनेछ । 
 
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपालको लक्ष्य साफमा पहिलो पटक उपाधि जित्ने रहेको बताउछन् । उनले विगतलाई बिर्सेर प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताए ।
 
लिग चरणमा नेपालले भूटान र श्रीलङ्कासँग खेल्नेछ । उहाँले सबै टोली राम्रो भएर आएको र आफ्नो टोली खेल्नका लागि तयारी अवस्थामा रहेकोसमेत बताए। 
 
छैटाँै संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए र समूह बी । नेपाल भने सजिलो मानिएको समूह बी मा परेको छ ।
 
नेपालको समूहमा श्रीलङ्का र भूटान छन् । यी दुई टोलीले अहिलेसम्म फाइनल यात्रा तय गरेका छ्रैनन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । 
 
नेपालले उद्घाटन खेलमा भूटानको सामना गर्नेछ । खेल यही भदौ २१ गते साँझ हुनेछ । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यो खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 
 
यसपटकको साफ च्याम्पियनसिपमा नेपाली कप्तानीको जिम्मेवारी २६ वर्षीय गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पाउनुभएको छ । प्रतियोगिताको तयारी दौरान नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि सुब्बाले अवसर पाएको हो । 
 
उहाँले आफूले पाएको जिम्मेवारी र विश्वासलाई गुम्न नदिने भन्दै साफ च्याम्पियनसिपको उपाधि जित्ने आफनो टोलीको लक्ष्य रहेको बताउनुभयो । एन्जिलाले भन्नुभयो, “हामी अन्तिमसम्म मैदानमा लड्नेछौँ र उपाधि जित्न प्रयास गर्नेछौँ ।”प्रतियोगितामा नेपालसँगै बाँकी छवटै टोलीले प्रतियोगिताका लागि आफनो टिम तयारी अवस्थामा रहेको बताएका छन् । (
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending