भैरहवा । स्थानीय तह निर्वाचनका लागि फरकफरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रुपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम तिलोत्तमा नगरपालिकाको जेठ १३ गते घोषणा भएको थियो ।
सोही मितिलाई आधार मान्दा पनि असार १३ गतेभित्र जिल्लाका सबै उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने हो । रुपन्देहीमा रहेका पाँच हजार ११ उम्मेदवारमध्ये ५१ जनाले मात्र निर्धारित समयमा खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । निर्धारित समयपछि कूल छ सय ४९ जनाले खर्च फाँटबारी बुझाए पनि त्यसको कुनै औचित्य नरहेको उनको भनाइ छ ।
रुपन्देहीका प्राय उम्मेदवारले आफूले निर्वाचन आयोगको यो कानूनी व्यवस्थाबारे जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख पदमा उम्मेदवार भई विजयीसमेत हुनुभएका उमाकान्त चापाईले उक्त व्यवस्थाबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
रुपन्देही मात्र हैन धेरै स्थानीय तहमा निर्वाचन खर्च विवरण पेश नगरेका उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण दिने अधिकांश उम्मेदवारले बिरामी भएका कारण खर्च विवरण बुझाउन नपाएको खुलाएका छन् ।
यही भदौ १ गतेदेखि ७ गतेसम्म स्पष्टीकरण बुझाउने म्याद रहेको थियो । भदौ १ गते सूचना प्रकाशित गर्दै आयोगले उम्मेदवारी दिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने र तोकिएको अवधि समाप्त भएपछि निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई तोकिएको समय अवधिभित्र केकति कारणले खर्च नबुझाएको हो र खर्च विवरण नबुझाएकामा किन कारवाही गर्नु नपर्ने भनेर त्यसको स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । सो सूचनाअनुसार जिल्लाका एक हजार छ सय २१ जनाले स्पष्टीकरण बुझाएको निर्वाचन कार्यालय प्रमुख भण्डारीले बताए ।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानिय तह रहेको रुपन्देहीमा पराजित र विजयीसमेत गरी पाँच हजार ११ जनाले उम्मदवारी दिएका थिए । खर्च विवरण विजयीले मात्र नभई पराजय भएका उम्मेदवारले पनि बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: