Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

युक्रेनी बालबालिकालाई गलत इतिहास पढाउने रुसी प्रयास

युद्धमा युक्रेन पक्षधर शिक्षकहरू सबैभन्दा ठूलो मारमा

खबरडबली संवाददाता

काठमाडौं । रुसले कब्जा परेको युक्रेनी क्षेत्रमा सेप्टेम्बर १ मा बालबालिकाहरू विद्यालय फर्कँदा इतिहासका पाठ निकै भिन्न तरिकाले पढाइने छ।

बीबीसीले थाहा पाए अनुसार युक्रेनी शिक्षकहरूलाई रुसी पाठ्यक्रम अन्तर्गत रहेर पढाउन दबाव दिइएको छ। जसको अर्थ क्रेमलिनको दृष्टिबाट संसारको अध्ययन गर्नु हो। 

यस रिपोर्टमा धेरैजसो नामहरू परिवर्तन गरिएका छन्। युक्रेनको दक्षिणमा पर्ने रुस अधीनस्थ क्षेत्रमा विद्यालय सहितका प्रशासनिक र शैक्षिक भवनहरूमा रुसी झन्डा राखिएका छन्। 

रुस नियन्त्रित मारीऊपोलमा इर्यानाकी १३ वर्षीय सन्तान कक्षा आठ सुरु गर्ने तयारीमा रहँदा उनी चिन्तित बनेकी छन्।  "[रुसी पाठ्यक्रमबारे] मलाई साँच्चिकै चिन्तित पार्ने कुरा भनेको इतिहासबारे उनीहरूले पढाउने कुरा हो। त्यो 'अर्को दृष्टिकोणबाट' पढाइने छ," उनले भनिन्।

पाठहरू युक्रेनी भाषामा नभई रुसी भाषामा हुने कुराप्रति उनी क्रुद्ध छिन्। "यो उनीहरूको परम्परा र संस्कृति लाद्ने कुरा हो। म बालबालिकाहरू त्यस अवस्थाको बन्धक भएको हेर्न चाहन्न," उनले भनिन्। 

अधीनस्थ भागमा युक्रेनी इतिहासलाई मेटाउने प्रयासबारे रुस पक्षधर सामाजिक सञ्जालमा सगर्व चर्चा गरिएको छ। रुसी फौजले पुस्तकालयहरूबाट युक्रेनी इतिहासका पुस्तकहरू हटाइरहेका दृश्य बारम्बार देख्ने गरिन्छ। 

रुसको पुनर्जागरण मन्त्रालय भनिने निकायले अधीनस्थ युक्रेनी क्षेत्रमा रुसी पाठ्यपुस्तक उपलब्ध गराउने वाचा गरेको छ। 

बीबीसीले उक्त मन्त्रालयले स्वीकृत गरेका विद्यालयका मुख्य पाठ्यक्रमहरू र तिनका युद्धअघि सन् २०१६ मा प्रकाशित र २०२२ संस्करणहरूको समीक्षा गरेको छ। 

तिनमा युक्रेन र किएभका धेरै सन्दर्भहरू हटाइएका छन्।  मध्यकालीन पूर्वी युरोपेली राज्य 'क्याभिन रस' र उसको राजधानी किएभलाई विस्थापित गर्दै रस वा सीर्फ 'पुरानो रस' लेखिएको छ।

ती किताबहरूले गलत कुराहरू राखेका छन्। जसमा सन् २०१४ मा रुसले क्राइमियालाई गाभ्ने समयको व्याख्या गर्ने क्रममा पश्चिमा सहयोगमा [किएभमा] कट्टर राष्ट्रवादीहरू शक्तिमा आएपछि मानिसहरू "आफ्ना अधिकार बचाउन" प्रदर्शन गरेको लेखिएको छ। 

त्यसैगरी पाठ्यपुस्तकका पछिल्ला संस्करणमा भ्लादिमिर पुटिनसँगका सन्दर्भ र उनका उपलब्धिहरू थपिएको छ। बीबीसीले सो मन्त्रालयसँग सम्पर्क गर्दा जबाफ प्राप्त हुन सकेन।

इर्याना युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा जाने कि भनेर समेत सोचिन् तर उनले आफ्नो घर छाड्न चाहिनन्। रुसी पाठ्यक्रम अन्तर्गत रहेर आफ्ना सन्तान पढून् भन्ने उनले कत्ति पनि चाहेकी छैनन् तर घरमै राखेर पढाउनेबारे सोचेर समेत चिन्तित छन्।

सैद्धान्तिक रूपमा बालबालिकाले युक्रेनी पाठ्यक्रम अनलाइनमा पढ्न सक्छन् तर त्यसका दुष्परिणामबारे भने उनी चिन्तित छन्।

उनी भन्छिन्, "यदि कसैले हाम्रोबारे नयाँ [रुसले राखेका] अधिकारीहरूसमक्ष भनिदिए वा रुसी शिक्षा नपढाएकोबारे उनीहरूले मलाई र मेरो सन्तानलाई सोधपुछ गर्न थाले भने?"

अगस्ट १९ मा सामाजिक सञ्जाल टेलिग्राममा एक स्थानीय युक्रेन पक्षधरले सञ्चारमाध्यमले पोस्ट राख्यो।

जुन मारीऊपोल सहरभन्दा केहीबाहिर पर्ने विद्यालयका एक जना रुस पक्षधर शिक्षकले अभिभावकहरूलाई पठाइएको ठानिएको थियो। जसमा "हाम्रो स्वतन्त्र भूभागमा अब दूरशिक्षा नहुने" लेखिएको थियो।

अधीनस्थ क्षेत्रलाई क्रेमलिनले "स्वतन्त्र भूभाग" भन्ने गर्छ। प्रत्यक्ष रूपमा पढ्न नपठाउने अभिभावकले यदि बारम्बार त्यसो गरे भने "उनीहरूको अधिकार छिनिने" लेखिएको थियो।

दबावमा शिक्षक

यस युद्धमा युक्रेन पक्षधर शिक्षकहरू सबैभन्दा ठूलो मारमा परेका छन्। कोही लुकेर बस्नु परेको छ भने केहीलाई 'पुनः तालिम'मा पठाइएको छ र केहीलाई अन्यत्र पठाइने भन्दै त्रसित पारिएको छ।

अतिक्रमणअघि मेलिटोपोलका एकजना प्रधानाध्यापक दिमित्रोले ५०० भन्दा धेरै विद्यार्थी भएको निकै व्यस्त विद्यालय हेर्थे। रुसी अधिकारीकारीले खोजेपछि अहिले उनी लुकेर बसेका छन्। 

त्यसरी लुक्नुको कारण उनले विद्यार्थीहरू जम्मा पारेर युक्रेनी पाठ्यक्रममा अनलाइनमा पढाउनु हो।  उनले रुसी अधिकारीहरूसँग सल्लाहमा वा जबरजस्ती क्रेमलिनका दर्शनसँग मिल्नेगरी पढाउन पुन: तालिमका लागि क्राइमिया वा रुस पठाइएका शिक्षकहरूलाई चिनेका छन्। 

"उनीहरूलाई "हामी रुस हौँ, हामी एकैखाले मानिस हौँ, हामी एक रहनपर्छ" भनिएको छ र त्यही धारणा विद्यार्थीसम्म पुर्‍याइनुपर्छ भनिएको छ," उनी भन्छन्। 

दिमित्रो रुस नियन्त्रित क्षेत्रमा बसिरहे तापनि धेरै शिक्षकहरूले आफ्ना ठाउँ छाड्ने निर्णय गरेका छन्। खेर्शन क्षेत्रकी एकजना शिक्षक मरिनाले जुलाई महिनाको अन्त्यतिर आफ्नो ठाउँ छाडेकी थिइन्।

रुसी सेना र रुसले नियुक्त गरेका शिक्षाप्रमुखले उनको विद्यालयका प्रधानाध्यापकले आफूहरूसँग सहकार्य गर्न नमानेका कारण त्यसलाई बन्द गरिदिने निर्णय गरेको भनेपछि त्यस्तो निर्णय गरेकी हुन्।

जसले गर्दा नोभा कखोभा भन्ने उक्त ठाउँमा शिक्षकहरूको अभाव हुनुका साथै एउटै शिक्षकले धेरै विषयहरू पढाउनुपरेको छ। रुसी शिक्षाले बालबालिकालाई पहिचानका बारेमा हानिकारक चेत विकास गर्ने भन्दै उनी चिन्ता व्यक्त गर्छिन्।

ऐतिहासिक संशोधनवाद

रुसी लेखक लियोनिड कट्सभाले मस्कोमा विद्यार्थीहरूलाई ४२ वर्ष इतिहास पढाएका छन्। उनले रुसी पाठ्यपुस्तकहरूमा इतिहास कसरी अपव्याख्या भएको छ भन्ने देखेका छन्।

सन् २०१४ मा क्राइमिया रुसमा गाभिएको अवस्था व्याख्या गर्ने क्रममा "उक्त प्रायद्वीपमा रुसी फौजका गतिविधिबारे कुनै उल्लेख नगरिएको" उनी बताउँछन्। 

नयाँ शैक्षिक सत्रमा पुस्तकहरूमा पश्चिमा गतिविधिहरूको कडा समीक्षाहरू समेटिनसक्ने उनी ठान्छन्।  उनी भन्छन्, "निर्मम ढङ्गले परिष्कृत गरिएका पाठ्यपुस्तकहरू अहिले पुरै च्यानल वान (रुसी सरकारी टिभी) लाई पछ्याउनेछन्।" 

"विद्यालय शिक्षालाई कसरी क्रेमलिनले प्रोपागान्डा अस्त्रको रूपमा प्रयोग गरिरहेको छ भन्ने यो स्पष्ट उदाहरण हो", मेलिटोपोलका शिक्षक दिमित्रो भन्छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending