गलकोट । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी दिए ।
आर्थिक वर्ष २०७८÷७९ को प्रदेश स्तरीय वार्षिक समीक्षा बागलुङ बजारमा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७दशमलव चार अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको उक्त मन्त्रालयले जनाएको छ ।
यस्तै पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयँुले ८६दशमलव दुई र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताए ।
समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाहरुको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयका स्वास्थ्यकर्मी सहभागी थिए । कार्यक्रममा दोस्रो स्थान हासिल गर्ने पर्वत जिल्लाको पैयँु गाउँपालिकालाई सम्मान गरिएको थियो । सुत्केरीसँग सन्चो बिसन्चो कार्यक्रमबाट चर्चित बनेको पालिकाले कोरोनाको जोखिमीमा समेत उल्लेख्य भूमिका निर्वाह गरेकोे थियो ।
स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका ८५ पालिकमध्ये दोस्रो स्थानमा आउदा खुसी लागेको बताउदै उक्त गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले आगमी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर बताए । प्रथम हुने मध्यनेपाल नगरपालिकालाई दोस्रो चरणको समीक्षा कार्यक्रममा सम्मान गरिने उक्त मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: