Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

स्वास्थ्य क्षेत्रमा प्रथम बन्योे मध्यनेपाल नगरपालिका

खबरडबली संवाददाता

गलकोट । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट  प्रथम भएको छ । शनिबार  बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी दिए  । 

आर्थिक वर्ष २०७८÷७९ को प्रदेश स्तरीय वार्षिक समीक्षा बागलुङ बजारमा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७दशमलव चार अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको उक्त मन्त्रालयले जनाएको छ । 

यस्तै पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयँुले ८६दशमलव दुई  र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर  दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताए  । 

समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाहरुको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयका स्वास्थ्यकर्मी सहभागी थिए । कार्यक्रममा दोस्रो स्थान हासिल गर्ने पर्वत जिल्लाको पैयँु गाउँपालिकालाई सम्मान गरिएको थियो । सुत्केरीसँग सन्चो बिसन्चो कार्यक्रमबाट चर्चित बनेको पालिकाले कोरोनाको जोखिमीमा समेत उल्लेख्य भूमिका निर्वाह गरेकोे थियो ।

स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका ८५ पालिकमध्ये दोस्रो स्थानमा आउदा खुसी लागेको बताउदै उक्त गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले आगमी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर बताए  ।   प्रथम हुने मध्यनेपाल नगरपालिकालाई दोस्रो चरणको समीक्षा कार्यक्रममा सम्मान गरिने उक्त मन्त्रालयले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: