पर्वत । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौं हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् ।
उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।
सुकुम्बासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । बस्तीकै मालढुङ्गा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आएकी राममाया परियारलाई पनि बासको चिन्ता छ ।
“सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त कतै जग्गा–जमिन छैन”, उनले भनिन्, “कहाँ बस्ने के खाने दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन, बस्ने बास कसरी बनाउने ।”
“बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन । वर्षौंदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ”, उनले दुखेसो पोखिन्। “लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरु धेरै आए तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ । चुनावताका पार्टीका नेताहरू आउँछन्, आश्वासन बाँड्छन् तर काम गर्दैनन्” उनले दुःखेसो सुनाइन् ।
यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुःखेसो एउटै छ । सबै जनाको एकतलाको छाप्रोको बास छ । लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन् । बस्ती तल सडक र माथि सामुदायिक वन छ । सडक विस्तार गर्दा बस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले बस्ती विस्तार गर्न समस्या भएको सुकुम्बासी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: