Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

कार्यकर्तालाई ओलीको निर्देशन : कसैले बुथ कब्जा गरे डस्न तयार हुनुस्

मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउनै पर्छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताएका थिए ।उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे ।

अध्यक्ष ओलीले भने, ‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईहरुले राष्ट्रसेवको हैसियतमा निष्पक्ष भुमिका खेल्नुपर्दछ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने,अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु ।’ 

यस्तै उनले नेकपा एमाले गँड्यौलाजस्तो नभएको तर दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताएका थिए । आगामी चुनावपछि नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यकता रहेको पनि उनको जिकिर थियो । आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘एमालेका नेता र कार्यकर्ता गँड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ । कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न । मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा ग्यास अभाव भैरहँदा 'होटल रेडिसन'मा भेटियो १८४ वटा सिलिन्डर मौज्दात

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...

रोल्पामा पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको पहिचान खुल्यो (अपडेट)

रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...

कांग्रेस इतर समूहको कार्यालय चुनदेवीमा टाँसियो ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...

निजी क्षेत्रलाई चलायमान बनाएर ६६ खर्बको अर्थतन्त्र अघि बढाउने सरकारको लक्ष्य, आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...

पत्रकार श्रेष्ठलाई हतकडीसहित जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...

चुनदेवीबाट देउवाको चेतावनी: यीनीहरूलाई भोलिदेखि हामीले देखाउँछौं, राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...

रोल्पामा पहिरोको कहर : मृतकको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...

प्रहरी कार्यालय र हिरासत कक्षमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न सर्वोच्चमा

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending