Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो

खबरडबली संवाददाता

चौतारा । व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेको अलैँची व्यवसायी शशिनाथ शाक्यले बताए  । रोग लागेर अलैँचीका बिरुवा सखाप हुनुअघि शाक्यले वार्षिक रु पाँच लाख आम्दानी गर्ने गरेको बताए  । अलैँचीको बेर्ना उत्पादन तथा भट्टी राखेर लाखौँ आम्दानी गर्ने शाक्यले अहिले यो व्यवसाय चटक्कै छोडेको बताए  । 

अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैँले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैँले नष्ट नगरेको उनले बताए । उनका अनुुसार अलैँचीमा लाग्ने सिन्धुरे रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले पेशा नै छाडेको शाक्यले बताए  । शाक्य जस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन् । 

जिल्लामा अलैँचीको राम्रो सम्भावनासँगै उत्पादन पनि व्यापक हुन थालेपछि विदेशिएका युुवा पनि गाउँमै व्यावसायिक अलैँची उत्पादन गर्दै आएका थिए । पछिल्ला वर्षमा अलैँचीका बिरुवामा विभिन्न प्रकारका रोग तथा सङ्क्रमण भएपछि बोट मर्ने तथा उत्पादन घट्न थालेको अलैँची व्यवसायी महासङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष दोकदोक तामाङले बताए  ।

उपाध्यक्ष तामाङका अनुसार केही वर्षअघिसम्म कृषकमा जुन उत्साह थियो । हाल त्यस्तो नभएको र धेरै कृषकले अलैँचीखेती छाड्ने तरखरमा रहेका छन् । कतिपयले त व्यावसायिक अलैँचीखेती नै छाडेर अन्य पेशातर्फ लाग्न थालेको उनले बताए  । कुनै समय सिन्धुपाल्चोकमा उत्पादित अलैँची नेपालकै नमूनाका रुपमा चिनाउन सफल भए पनि पछिल्लो वर्षमा पहिलाकै तुलनामा उत्पादन हुन नसकेको उनको भनाइ छ ।

जिल्लामा उत्पादित अलैँचीको निश्चित बजार नहुँदा बजार खोज्नुपर्ने झन्झट, उत्पादनका बेला मूल्य घटाउने, विचौलियाको चलखेल र रोग प्रकोप लागेका बिरुवामा उचित उपचार नपाएपछि व्यवसायी पेशाबाटै पलायन हुन बाध्य भएको शिखरपुरका अलँैची व्यवसायी शङ्कर खनालले दुःखेसो पोखे ।

अलैँची उत्पादनसँगै जिल्लामा व्यावसायिकरुपमा अलैँचीका बिरुवा पनि उत्पादन हुँदै आएको थियो । पछिल्ला वर्षमा अलैँची बिरुवा पनि खासै उत्पादन हुन नसकेको ज्यामिरेका अलैँची व्यवसायी विनोद गिरीले बताए । उनका अनुसार अघिल्ला वर्षमा जिल्लाका नर्सरीमा उत्पादित अलैँचीका बिरुवा अन्य जिल्लामा समेत निर्यात हुने गरेको थियो । अहिले निर्यात हुनेगरी अलैँची बिरुवा उत्पादन हुन छाडेको छ । जिल्लामा करिब एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती हुँदै आएकामा पछिल्लो समय कृषकमा अलैँचीखेतीतर्फ आकर्षण कम हुँदै गएको छ । 

अलैँचीको मूल्य प्रतिकिलो रु दुई हजार पाँच सयसम्म पुगेपछि धान फल्ने खेतमा अलैँचीका बिरुवा लगाउनुभएका शिखरपुरका कृष्णबहादुर खनाललाई पनि अलँैचीखेतीतर्फ आकर्षण कम हुँदै गएको छ । अलैँची व्यवसायी खनालका अनुसार दशकअघि प्रतिकिलो रु दुई हजार पाँच सयसम्म रहेको अलैँचीको हालको मूल्य गिरावट भई प्रतिकिलो पाँच सयसम्म झरेको छ । यद्यपि जिल्लाको अलैँची गुणस्तरीय भएकै कारण खरिदकर्ताले रु आठ सयदेखि नौ सय पनि तिर्ने गरेका छन् । 

जिल्लाको हेलम्बु, पाँचपोखरी, मेलम्ची, जुगल, बाह्रबीसे, लिसङ्खुपाखर, त्रिपुरासुन्दरीका एक हजार दुई सय मिटरभन्दा माथिल्लो भागमा व्यावसायिक अलँैचीखेती हुने गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending