Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिनेः प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट  बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् ।  

भूकम्पले क्षतिग्रस्त बनाएको  क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् । 

“त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ”, प्रधानमन्त्री देउवाले भने । 

दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताए । नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगकोे प्रशंसा पनि गरे ।

क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पु¥याएका छन् भन्दै  उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको छ भने  । 

शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षामा यस क्याम्पसले इज्जत जोगाएको बताए । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउन सबै क्याम्पस प्रमुख र विश्वविद्यालयका पदाधिकारीसँग हालै मन्त्रालयमा छलफल गरिएको र यस्ता प्रयासलाई जारी राख्ने उनले जानकारी दिए । “दश जोड दुई उत्तीर्ण गरेपछि विद्यार्थीमा विदेश जाने लहर बढेको छ, विश्वका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न जानेलाई रोक्नुहुन्न तर देशमै भएको विषय अध्ययनका लागि विदेश जाने वातावरण बन्नु भनेको हाम्रो गुणस्तरमा कतै समस्या छ भन्ने सन्देश हो, शङ्करदेवजस्ता उत्कृष्ट क्याम्पसमा भारत, बङ्गलादेश, चीनलगायत देशबाट विद्यार्थी आउने वातावरण बनाउनुपर्छ”, मन्त्री पौडेलले भने । 

पहिलेदेखि नै शङ्करदेव क्याम्पसको जग्गा थोरै रहेकाले भवनको पूर्वाधार बढाउन कठिन रहेको उल्लेख गर्दै उनले मन्त्रालयले समाजकल्याण परिषद्को जग्गा दिन प्रक्रिया अघि बढाउने बताए । शिक्षा, स्वास्थ्य र रोजगार संविधानको मौलिक हकमा व्यवस्था गरिएकाले पूर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पौडेलले विश्वविद्यालयका समस्या वार्ताकै माध्यमबाट समाधान गर्न पनि जोड दिए  ।

क्याम्पस प्रमुख प्रा डा केशवराज जोशीले तोकिएको कोटाभन्दा ३० गुणाबढी विद्यार्थी पढ्न आउने गरेकाले ठाउँको अभाव हुने गरेको बताए । थप भवन बनाउने ठाउँ पाए पढ्न आउने सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाइ थियो । क्याम्पसलाई जमलस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा दिइएकामा अहिले त्यहाँबाट हटाइएकामा क्याम्पस प्रमुख जोशीले गुनासो गरे  ।

क्याम्पसमा हाल १० हजार विद्यार्थी अध्ययन गरिरहेकामा खुला ठाउँ नभएकाले पनि समस्या हुने गरेको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवं क्याम्पसका पूर्वविद्यार्थी डोजाङ शेर्पाले क्याम्पसमा भौतिक पूर्वाधार विकासमा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए  । क्याम्पसमा लामो समय काम गरेका प्राध्यापकको योगदानको कदर गरिनुपर्ने उनको भनाइ थियो । 

क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति शुभराम बस्नेतले यस क्याम्पसलाई विषयगत विश्वविद्यालयका रुपमा स्थापित गर्न माग गरे  । क्याम्पसअघि रहेको समाज कल्याण परिषद्को आठ रोपनी जग्गा थप भवन बनाउन क्याम्पसका नाममा ल्याउने प्रक्रिया सुरु गर्न पनि उनले माग गरेको थियो । क्याम्पस पूर्वविद्यार्थी समाजका अध्यक्ष राजीव थापाले क्याम्पसको भौतिक एवं शैक्षिक विकासका लागि निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending