बनेपा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको सङ्घीय क्षेत्र नं १ र २ को समिति बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ(लाप्साङ), समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरिएकोे छ भने समानुपातिकतर्फ मङ्गलाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्रकुमार तामाङ, निशा लामा, दोर्जे लामा र पाल्साङ लामाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतम तथा समानुपातिकतर्फ प्रदीपकुमार लामा, पासाङ डोल्मो लामा, यशु लामा र ध्रुवकुमार रायमाझी र प्रतापसिं लामाको नाम सिफारिस गरिएको छ । (ख) मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुस्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिरफारिस गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर तामाङ, सरोजप्रसाद कुइँकेल र रामदेवी लामाको नाम परेको छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, पदमबहादुर परियार र वीना परियारको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को (क)मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ। उनी अहिले पनि बागमती प्रदेशसभा सदस्यले छन् । समानुपातिकतर्फ हरिगोपाल प्रधानाङ्ग, वीरबहादुर तामाङ र कल्पना श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ को (ख) मा भने प्रत्यक्षतर्फ बसुन्धरा हुँमागाईको नाम सिफारिस गरिएकोे छ । उनी बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री एवं एकीकृत समाजवादी पार्टीको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष छन् । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ दिलबहादुर तामाङ, राजकृष्ण गिरी, प्रेमकुमार तामाङ र मधु श्रेष्ठको नाम सिफारिस गरेको जिल्ला कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले बताए ।
उनका अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिबाट सिफारिस भएर आएको नामलाई बागमती प्रदेश समितिमा पठाइएको र सो समितिबाट आवश्यकताको आधारमा छनोट गरी केन्द्रीय कमिटीमा पठाएपछि त्यहाँबाट अन्तिम टुङ्गो लाग्ने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: