Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

काठमाडौंमा बालेनभन्दा प्रचण्डको चर्को 'सेन्टिमेन्ट' कुलमान !

कुलमान भन्छन् : चर्चा चलिरहेपनि मैले निर्णय गरेको छैन

खबरडबली संवाददाता

काठमाडौं । आगामी मंसिर ४ गतेको चुनावमा आ-आफ्नो दलको पक्षमा माहौल बनाउन नेताहरू प्रयासरत रहँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भावना 'सेन्टिमेन्ट' समात्नेगरी उम्मेदवार अघि सार्ने टिप्पणी गरे।

त्यसको लगत्तै माओवादी पार्टीभित्रबाटै काठमाण्डूमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलेका छन्।

देशमा लोडशेडिङ हटाएको र भारतलाई बिजुली निर्यात गरेर प्राधिकरणको वित्तीय अवस्था दह्रो पारेको जस पाउने घिसिङ स्वयंको सोचाइ चाहिँ के छ त?

कुलमान घिसिङ के भन्छन्?

"मैले (चुनाव उठ्ने)बारे केही निर्णय गरेको छैन," घिसिङले भने, "चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।"

दोस्रो चारवर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ।

उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवम् ऊर्जामन्त्री पम्फा भुसालले नै पहल गरेको देखिएको थियो।

माओवादीको इच्छा के हो?

यही साता एउटा सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डू महानगरपालिकामा मेयर पदमा बालेन (बालेन्द्र शाह) निर्वाचित हुनुमा "जनताको सेन्टिमेन्ट" मुख्य कारण रहेको बताए।

"हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेका छौँ," उनले भने।

"तपाईँहरूले सोच्दै नसोचेको नयाँ मान्छे ल्याउने विचार छ मेरो। त्यस्तो मान्छे जो कुनै गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन हामी सबैले साथ दिन सकिने… हो, यो त ठिक छ भन्ने भयो भने काठमाण्डूमा २/३ (सीट) हामीले सजिलै जित्न सक्छौँ," प्रचण्डले भनेका थिए।

यसअघिको चुनावमा काठमाण्डूमा माओवादीले एक सीट पनि जितेको थिएन।

उनले सोही कार्यक्रम देखा परिरहेका अनुहारहरूले जित्ने स्थिति नदेखिएको भन्दै नयाँ उम्मेदवार ल्याउने सोच रहेको बताएका थिए।

तर यसबारे पार्टीभित्र कुनै आधिकारिक छलफल वा निर्णय भने भइनसकेको माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बताएका छन्।

"सबभन्दा पहिले त गठबन्धनभित्र सीट बाँडफाँट टुङ्गिनुपर्‍यो। त्यसपछि व्यक्तिबारे छलफल होला। सायद अध्यक्ष प्रचण्डले केही सोच्नुभएको भए पार्टीमा बताउनु होला," शर्माले भने।

गत स्थानीय चुनावमा काठमाण्डूमा स्वतन्त्र उठेका बालेनले मेयरमा चुनाव जितेपछि आसन्न संसदीय चुनावका निम्ति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन्।

कतिपय क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले पार्टीहरूलाई चुनौती दिने ठानिएको बेला प्रचण्डको पछिल्लो टिप्पणी आएको हो।

निर्वाचनको तयारी

सरकारले मङ्सिर ४ गते निर्वाचन हुने घोषणा गरेको छ। निर्वाचन आयोगले त्यसअनुसार नै आफ्नो कार्यतालिका बनाएको छ।

आयोगले भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित 'निर्वाचन आचारसंहिता २०७९' पनि प्रकाशित गरिसकेको छ।

प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये १६५ जना पहिलो हुने निर्वाचन अर्थात् प्रत्यक्ष मतदानको प्रणालीबाट र ११० सदस्य सङ्ख्या समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

ती दुई मतदान प्रणालीका लागि अलगअलग मतपत्र प्रयोग गरिनेछ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि ८० वटा दलले दर्ताका लागि निवेदन दिएका थिए। साथै एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि थप चारवटा निवेदन गरी आयोगले कुल ८५ वटा निवेदन प्राप्त गरेको थियो।

दलहरूले पेस गरेका कागजपत्रको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा चुनाव चिह्न प्रयोग गरी कुल ८७ वटा दल निर्वाचनमा भाग लिन योग्य ठहर भएको आयोगले जनाएको छ।

'पाँच दललाई एउटै चिह्न'

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसहित पाँचवटा दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए।

निर्वाचन आयोगले ती दललाई छुट्टै दलको रूपमा दर्ता नगरी एउटै चुनाव चिह्न दिने निर्णय गरेको छ।

समानुपातिक प्रणालीअन्तर्गत चुनावमा भाग लिन चाहने दलहरूलाई भदौ १० देखि १२ सम्म निवेदन पेस गर्न समय दिइएको थियो।

समानुपातिक प्रणालीतर्फ भाग लिन ७६ वटा राजनीतिक दलले ६८ वटा निवेदन दिएका छन्। समानुपातिक तर्फ पनि केही दलले संयुक्त निर्वाचन चिह्न लिएका छन्।

समानुपातिक तर्फ मधेश प्रदेशमा सबैभन्दा धेरै ६७ वटा दलले भाग लिएका छन्। कर्णाली प्रदेशमा सबैभन्दा कम ५७ वटा दलले भाग लिएका छन्। समानुपातिक प्रणालीतर्फ प्रदेश नं १ मा ६३ वटा, बागमती प्रदेशमा ६६ वटा, गण्डकीमा ६० वटा, लुम्बिनीमा ६२ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दल सहभागी भएको आयोगले जनाएको छ।

दलहरूले असोज २ र ३ गते समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्द सूची पेस गर्नेछन्। त्यसपछि असोज २२ निर्वाचन आयोगले उम्मेदवारको बन्द सूचीको सूचना प्रकाशित गर्नेछ।

बन्द सूचीमा दाबी-विरोधसहित उम्मेदवारको अन्तिम बन्द सूची कार्तिक ९ मा प्रकाशित गर्ने निर्वाचन आयोगको योजना छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रम भने केही समयपछि प्रकाशित गरिने आयोगले जनाएको छ।

"आगामी [भदौ] ३१ गतेसम्म दल दर्ता हुन्छ त्यसपछि हामीले समानुपातिकको कार्यक्रम सक्छौँ। त्यो सबै सकिएपछि अनि बल्ल प्रत्यक्षतर्फको कार्यक्रम अघि बढ्छ," दुई साताअघि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताएका थिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending