काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताए ।
“हामीले हिमाल, तालतलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न सकेको छैनौँ,” उनले भने, “नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।” उनले भारतको उत्तर प्रदेश र विहार प्रदेशमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राखे ।
उनले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्ने बताए । “अहिलेसम्म नेपालमा भएका राजतन्त्रकालको सबै चिज सङ्ग्रहालयमा देख्न पाइयोस् । किरात, लिच्छवी, महिसपाल वंश, सेन वंश, शाहवंशले कसरी शासन सञ्चालन गरेका थिए । त्यो सबै कुरा सङ्ग्रहालयमा राख्नुपर्दछ । त्यो हेर्न विदेशी आउने छन्”, उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताए । उनले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताए । उलने वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताए ।
“सरकारसँग समन्वय नगरेर एकल ढङ्गबाट नेपाल वायुसेवा निगम चलाइयो भने समाप्त हुन्छ”, उनले भने, “सरकारको समन्वयमा वायुसेवा निगमले ध्वजाबहाक जहाज सञ्चालन गर्नुपर्दछ ।” अनलाइन टिकट गर्नका लागि आफूले निर्देशन दिए पनि नेपाल वायुसेवा निगमले नमानेको उनले बताए । उनले १२ महिना पर्यटन भित्र्याउन पहल गरिने योजना बनाइरहेको बताए ।
उनले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेको भन्दै अव चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने बताए । “अव एक वर्षको भ्रमणले पुग्दैन”, उनले भने, “नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनका लागि एक दशकको भ्रमण वर्ष चाहिन्छ ।”
कार्यक्रममा डा बिपी बडालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय पर्यटन शुल्क मिनाह गरी पर्यटकको बसाइँ तथा खर्च बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका डा रामकुमार फँुयाल र नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकालले टिप्पणी गर्दै नेपालमा पर्यटनको सम्भावना रहेकोले प्रचारप्रसारको कमी र पर्यटन नीतिगत सुधार आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: