Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा बागलुङमा उत्पादन घट्यो

खबरडबली संवाददाता

बलेवा । जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो । 

उत्पादित अण्डाले जिल्लाको जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति वार्षिक दुई वटा अण्डा अझै अपुग रहेको केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक व्यक्तिका लागि वार्षिक ४८ अण्डाको आवश्यकता हुन्छ । तर बागलुङमा उत्पादित अण्डाले हरेक व्यक्तिलाई वार्षिक ४६ मात्रै पुग्ने गरेको छ । बाहिरी जिल्लाबाट आउने अण्डासँग प्रतिस्पर्धा गर्न नसकेका कारण व्यवसायीहरुले अण्डा उत्पादन कम गरेका हुन् । दानाको मुल्यवृद्धि हुने र अण्डाको मूल्य घट्ने गरेका कारण घाटा सहन नसकेर अण्डाको उत्पादन कम गर्नुपरेको केसी एकीकृत पशु विकास विडर्स फार्म बागलुङका सञ्चालक खड्कबहादुर केसीले बताउनुभयो । केसीले पाँच करोड लगानी गरेर पाँच वर्षदेखि अण्डा उत्पादन गर्दै आउनुभएको छ ।

‘‘एकातिर ठूलो मात्रामा उत्पादन गर्ने तराईका कम्पनीले बजारमा निकै सस्तो मूल्यमा अण्डा पठाउँदा हाम्रो अण्डाले बजार पाउँदैन्, अर्कोतर्फ उत्पादन लागत ह्वात्तै बढेको छ’’, केसीले भने, ‘‘उत्पादन लागत र बजार मूल्यकै कारण अण्डाको व्यवसाय गर्न नसकिने अवस्थामा पुग्यो ।’’ उनले  अहिलेकै अवस्था रहे अण्डाको उत्पादन घट्ने मात्र नभएर यहँको उत्पादन शून्यमा पुग्ने बताए  ।

अण्डाको उत्पादन लागतका आधारमा आधार मूल्य तोक्ने र सोही अनुसारको बजार व्यवस्थापन नगरे व्यवसायी विस्थापन हुने अवस्थामा पुग्ने उनले बताए ।   ‘‘दानाको मूल्य दुई हजार हुँदा एक पेटी अण्डको मूल्य दुई हजार सात सयदेखि तीन हजार थियो’’, केसीले भने, ‘‘अहिले दानाको मूल्य बढेर तीन हजार सात सय पुग्यो अण्डाको मूल्य घटेर रु दुई हजार पाँच सय पेटीमा झरेको छ ।’’ बागलुङमा उत्पादित अण्डा व्यवसायीले समान्य नाफा मात्रै लिँदा रु दुई हजार आठ सय प्रतिपेटी पर्ने गरेको छ भने बाहिरी जिल्लाबाट दुई हजार तीन सयदेखि दुई हजार पाँच सय सम्ममा प्रतिपेटी अण्डा आयात हुने गरेको छ । 

जिल्लाभर घरायसी प्रयोजनका लागि उत्पादन हुनेबाहेक ३० वटा मात्रै फार्मले अण्डा  उत्पादन गर्छन् । तीमध्ये अधिकांश फार्महरुले दैनिक एक हजारभन्दा कम अण्डा उत्पादन गर्ने गरेको तथ्याङ्क छ । ‘‘पहिले एक हजारमाथि उत्पादन गर्ने किसानले पनि पछिल्लो समय व्यवसायबाट हात झिके’’ विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले भने, ‘‘हामी आत्मानिर्भरको बाटोमा थियौँ, तर बाहिरी बजारले हाम्रा किसानलाई किच्यो ।’’ घरायसी प्रयोजनका लागि पालिने स्थानीय जातको कुखुराले वार्षिक ४० देखि ५० वटा मात्रै अण्डा दिने र व्यावसायिक रुपमा अण्डा उत्पादनका लागि पालिने कुखुरामा कमी आएकाले आवश्यकता अनुसारको उत्पादन नभएको उनले बताए  । सरकारले अण्डा उत्पादक किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको भए पनि अपर्याप्त रहेको किसानको गुनासो छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: