Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

फेरिँदै तीज मनाउने शैली : मौलिकता हरायो, बढ्यो विकृति

नयाँ पहिरनमा सजिएर दर खाने र रमाउनेको जमात बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजो आज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दर खान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घर आँगन अहिले सुनसान जस्तै बनेका छन् । 

पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यवसायीलाई दर खुवाउन तीजका बेला भ्याइनभ्याइ छ । नयाँ पहिरनमा सजिएर आमा समूह, महिला समूह तथा विभिन्न समूहमार्फत दर खाने र रमाउनेको जमात बढ्दो छ  । यस परिवेशले शहर बजारमा मात्रै होइन ग्रामीण भेगमा पनि छोइसकेको छ । 

स्थानीयवासी सरस्वती सोमले  विगतका वर्षमा तीजका बेला गाउँमै महिला जम्मा भएर खाने गरेको दर यस पटक भने पार्टी प्यालेसमा समूहमा मनाएको बताइन् । “चर्को घाममा खाना पकाउन झन्झट गर्नु परेन, होटलमा तयारी अवस्थामा रहेका खानेकुरा खाने, समय अनुसार आएको सुख सुबिधा उपभोग गर्नुप¥यो, साथीहरुसँग मज्जाले नाच्न गाउन पाइयो”, उनले भनिन् ।

गाउँका चौतारी, प्रतीक्षालय र आमा तथा महिला समूहका भवनमा दरका परिकार तयार पारेर रमाइलो सँगै एकआपसमा शुभकामना आदानप्रदान गर्दै समूहमा तीज मनाइन्थ्यो । स्थानीयवासी सीता देवकोटाले ठूला शहर बजारमा मात्र होइन साना शहर बजारका होटल, रेष्टुरेण्टमा दर खानेको भीड देखिन्छ । पर्व मनाउने क्रममा पछिल्लो समय अरुको देखावटी प्रवृत्ति बढेको बताइन् । 

उनले भनिन्, “बजारका ठूला र महँगा होटल भरिभराउ भएका छन्, पहिला तीजका गीत गुञ्जिने चौतारी, पौवा, बगैंचा यतिबेला सुनसानमा बनेका छन्, गाउँमा पकाएर खाने अल्छी प्रवृत्ति र अर्काको देखासिकी गर्दा चाडपर्व भड्किलो बन्दै गयो ।” 

पार्टी प्यालेसमा गएर तीजमा महिलाले दुःख र वेदनाका गीतमा नृत्य प्रस्तुत गर्दा ठाउँ र परिवेश अनुसार सुहाउँदो नभएको अहिले धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । विशेषगरी गायिका विष्णु माझीको चरी जेलैमा बोलको गीतले निकै चर्चा पाएको छ । 

सामाजिक सञ्जालमा होटल तथा रेष्टुरेण्टमा महँगा लत्ताकपडा, गरगहनामा सजिएर दर खाँदै महिलाहरुले ‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुदै रुदै बेसी मेलैमा’ बोलको गीतमा नृत्य गर्दा गीतको मर्म अनुसार उचित नभएको धेरैको टिप्पणी छ । गाउँकै चौतारी, बगैँचाको शीतल छाहारीमा महिला जम्मा भएर पकाउने, खाने, गाउने नाच्ने गर्दा छुट्टै आनन्द आउने गरेको अर्का स्थानीयवासी कुन्तादेवी गैरेले बताइन्।

 “समूहमा साथीहरु मिलेर पकाउने, खाने गर्दा माइती जान नपाए पनि मन भुलाउँछ, एकआपसमा आफ्ना दुःख सुख साथीलाई सुनाउन पाइयो, आजकाल त होटलमा गएर खाने नाच्ने चलन बढ्यो, यो प्रवृत्तिले विकृति ल्यायो समाजमा ।” उनले भनिन्।

दुइ वर्ष कोभिड १९ को प्रभावले घरभित्रै मनाइएको तीज यसवर्ष कोरोनाको सहज परिस्थिति बनेपछि भने तीजको चहलपहल बढेको नमस्ते पाल्पा होटल तथा रेष्टुरेण्टका सञ्चालक कमल पाण्डेय बताउछन्।

“समूहमा एकै थरीका पोसाकमा पुराना गीत आफैले गाएर नाच्ने गर्नुहुन्छ, केही आफ्नो इच्छाअनुसार युट्युव, मेमोरी कार्डमा नाचेर तीज मनाउनुभएको छ, पार्टी प्यालेस भएपनि महिला सामान्य तरिकाले गाउँघरमा जसरी मनाउनुहुन्थ्यो यसरी नै दर खाने र साथीहरुसँग शुभकामना आदानप्रदान गर्नुहुन्छ, हामीले पनि न्युनतम शुल्क लिएर सेवा दिइरहेका छौँ ।” उनले भने ।

शनिवार र विदाका दिन २५० जनासम्म र अन्य दिन कम मात्रामा आउने गरेको उनको भनाइ छ । न्यूनतम रु ६०० देखि बढीमा एक हजार शुल्क कायम गरिएको जनाइएको छ ।  विभिन्न काम तथा  पेशा व्यावसायमा आबद्ध रहेका महिलालाई सामूहिक रुपमा दर खाने कार्यक्रममा सहभागी हुने अवसर मिल्दैन । कार्यालय समय सकिएपछि, दिनभर व्यापार गरेर साँझपख होटलमा साथी, दिदीबहिनी, आफन्त जम्मा भएर नाच्ने गाउने एउटा अवसर मिलेको सागर श्रेष्ठ बताए । 

होटल तथा रेष्टुरेण्टमा दर खान जाँदैमा विकृति नै हो भनेर भन्न नमिल्ने र कामको व्यस्तताले गर्दा समय अनुसार चलनचल्तीमा आएका सुख सुबिधा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending