लेखनाथ । लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटक नआउँदा व्यवसायी चिन्तित बनेका छन् ।
केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको यहाँका व्यवसायी बताउँछन् । विदेशी पर्यटकमा कोरोनाको त्रास भने अझै हट्न सकेको छैन । कोरोना कै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम अगाडि ल्याउनुपर्ने माग व्यवसायीको छ ।
बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, “नेपालमा विदेशी पर्यटक भित्र्याउन सरकारले केही न केही पहल गर्नु नै पर्छ । उनले भने, “बिदाका दिन केही मात्रामा नेपाली पर्यटक आउने गरेको भए पनि त्यसले होटल धानिने अवस्था छैन ।”
सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम सुरु भएको छ, एक–दुई जना कर्मचारी र आफँैले पनि पाउनालाई सेवा दिँदै आएका छौँ, होटल व्यवसायी अधिकारीले भने, “बैंकको ब्याजले तिर्न सक्ने अवस्था छैन ।”
घरजग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका छौँ, किस्ता र ब्याज तिर्न नसक्दा समस्यामा छौँ, होटल तथा रेष्टुराँ एशोसिएशन लेखनाथका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले भने, “व्यवसायीलाई राहत हुने गरी सरकारले ब्याज मिनाह गर्नुपर्छ ।” घर भाडामा लिएर होटल सञ्चालन गर्ने कही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई जना कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँ, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँ तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ, होटल तथा रेष्टुराँ व्यवसायी अर्जुन लम्सालले भने, “सरकारले व्यवसायीलाई राहतका प्याकेज ल्याउनुपर्छ ।”
लेखनाथमा दुई सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् एशोसिएशनमा आबद्ध भने एक सय पाँच मात्र छन्, रिसोर्टदेखि साना होटलसम्म यहाँ छन्, लम्सालले भने । तीन वर्ष भयो गोरो छालाका पर्यटक देख्न पाएका छैनौँ, आन्तरिक पर्यटन फटफुट आएका छन्, जेनतेन त्यसैले धानिएका छौँ, बेगनासस्थित न्यू थकाली भान्साघरका सञ्चालक नितेश लालचनले भने, “बिदाका दिन दिउँसोको खाजा खाने गरी केही आन्तरिक पर्यटन बेगनासमा आउने गरेका छन् यसले मात्र व्यवसाय धानिने अवस्था छैन ।”
बेगनासतालमा पाइने विभिन्न जात सहर, रहुँ, असला, नैनी, कमन, माहुर, तिलपियालगायतका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । सात तालको बगैँचा सहरको रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका बेगनास तालका होटल व्यवसायी चित्रबहादुर गुरुङले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: