Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

युक्रेनमा स्वतन्त्रता दिवसको दिन रुसी आक्रमण : २२ जनाको मृत्यु, दर्जनौँ घाइते

'अर्थहीन युद्ध'का कारण चरम गरिबीमा धकेल्न सक्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो।

पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए। आक्रमणमा परी ५० जना घाइते भएको उनले बताए।

यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ।

जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए र भने: "संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको लागि रुसले यस्तो तयारी गरेको छ।"

"अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ। त्यहाँ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ," उनले भने।

गत एप्रिलमा फरक रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

स्वतन्त्रता दिवसमा आक्रमण

युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ र जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पुर्‍याउन "क्रूर" कार्य गर्न सक्ने बताएका थिए।

यसअघि उनले मस्कोको सेनालाई जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई "युद्ध क्षेत्र"मा परिणत गरेको आरोप लगाएका थिए। उनका अनुसार त्यहाँ भएको बमबारीका कारण केन्द्र र युरोपका मानिसहरू जोखिममा परेको र विश्वलाई "परमाणु विपद्को नजिक" पुर्‍याएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस "अर्थहीन युद्ध"का कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिए।

युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए। उक्त अवसरमा विश्व नेताहरूले पनि यस सङ्कटग्रस्त राष्ट्रप्रति समर्थन व्यक्त गरेका थिए।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किएभमा उपस्थित भए। यद्यपि, उक्त अघोषित यात्राको क्रममा उनले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरे। अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गरेको थप ३ बिलियन डलरको अगाडि जोनसनले तोकेको रकम निकै कम देखियो।

त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि समर्थनका सन्देशहरू पठाएका थिए। भ्याटिकनमा पोप फ्रान्सिसले युद्धको अन्त्य गर्न र युरोपको सबैभन्दा ठूलो जापोरीजा परमाणु ऊर्जा केन्द्रमा परमाणु प्रकोपको जोखिमलाई रोक्न "ठोस कदमहरू" चाल्न आह्वान गरे।

तर किएभका सडकहरू भने तुलनात्मक रूपमा शान्त थिए।

अन्य घटनाक्रम

रुसले नागरिक भेलाहरू लक्षित आक्रमण गर्न सक्ने त्रासका कारण युक्रेनले ठूला जमघट र कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको थियो। अमेरिकाले आफ्ना नागरिकहरूलाई वार्षिक उत्सव अघि नै देश छाड्न निर्देशन दिएको थियो।

मानिसहरू सामान्य युक्रेनी परेडको साटो कब्जा गरेर प्रदर्शनमा राखिएका रुसी ट्याङ्कहरू र सशस्त्र सवारी साधनहरू हेर्न जम्मा भएका थिए।

राष्ट्रपति जेलेन्स्की र उनकी पत्नीले युद्धमा ज्यान गुमाएका सैनिक तथा नागरिकहरूको सम्झनामा आयोजित समारोहमा पनि भाग लिएका थिए।

यसै साताको सुरुवातमा युक्रेनी अधिकारीहरूले दिएको जानकारी अनुसार ६ महिना लामो द्वन्द्वमा करिब ९,००० सैनिकहरू मारिए। यद्यपि त्यो सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन।

धेरै कुरा गुमाउनुका बाबजुद, जेलेन्स्कीले "कुनै पनि सम्झौताविना" पूरा युक्रेन पुनः आफूहरूको बनाउने वाचा गरे।

रुसमा भने आक्रमणको सुरु भएको आधा वर्ष बितेको दिन कुनै उल्लेख्य घटना घटेन।

मस्कोमा रहेका बीबीसीका विल भेर्ननका अनुसार सञ्चार माध्यम वा अधिकारीहरूले पनि रुसको "विशेष सैन्य कारबाही"को ६ महिना बारे केही पनि उल्लेख गरेका छैनन्।

यसलाई अधिकारीहरूले यो अभियानलाई जोड दिन नचाहेको सङ्केतका रूपमा उनले बुझेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending