Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

युक्रेनमा स्वतन्त्रता दिवसको दिन रुसी आक्रमण : २२ जनाको मृत्यु, दर्जनौँ घाइते

'अर्थहीन युद्ध'का कारण चरम गरिबीमा धकेल्न सक्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो।

पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए। आक्रमणमा परी ५० जना घाइते भएको उनले बताए।

यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ।

जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए र भने: "संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको लागि रुसले यस्तो तयारी गरेको छ।"

"अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ। त्यहाँ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ," उनले भने।

गत एप्रिलमा फरक रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

स्वतन्त्रता दिवसमा आक्रमण

युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ र जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पुर्‍याउन "क्रूर" कार्य गर्न सक्ने बताएका थिए।

यसअघि उनले मस्कोको सेनालाई जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई "युद्ध क्षेत्र"मा परिणत गरेको आरोप लगाएका थिए। उनका अनुसार त्यहाँ भएको बमबारीका कारण केन्द्र र युरोपका मानिसहरू जोखिममा परेको र विश्वलाई "परमाणु विपद्को नजिक" पुर्‍याएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस "अर्थहीन युद्ध"का कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिए।

युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए। उक्त अवसरमा विश्व नेताहरूले पनि यस सङ्कटग्रस्त राष्ट्रप्रति समर्थन व्यक्त गरेका थिए।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किएभमा उपस्थित भए। यद्यपि, उक्त अघोषित यात्राको क्रममा उनले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरे। अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गरेको थप ३ बिलियन डलरको अगाडि जोनसनले तोकेको रकम निकै कम देखियो।

त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि समर्थनका सन्देशहरू पठाएका थिए। भ्याटिकनमा पोप फ्रान्सिसले युद्धको अन्त्य गर्न र युरोपको सबैभन्दा ठूलो जापोरीजा परमाणु ऊर्जा केन्द्रमा परमाणु प्रकोपको जोखिमलाई रोक्न "ठोस कदमहरू" चाल्न आह्वान गरे।

तर किएभका सडकहरू भने तुलनात्मक रूपमा शान्त थिए।

अन्य घटनाक्रम

रुसले नागरिक भेलाहरू लक्षित आक्रमण गर्न सक्ने त्रासका कारण युक्रेनले ठूला जमघट र कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको थियो। अमेरिकाले आफ्ना नागरिकहरूलाई वार्षिक उत्सव अघि नै देश छाड्न निर्देशन दिएको थियो।

मानिसहरू सामान्य युक्रेनी परेडको साटो कब्जा गरेर प्रदर्शनमा राखिएका रुसी ट्याङ्कहरू र सशस्त्र सवारी साधनहरू हेर्न जम्मा भएका थिए।

राष्ट्रपति जेलेन्स्की र उनकी पत्नीले युद्धमा ज्यान गुमाएका सैनिक तथा नागरिकहरूको सम्झनामा आयोजित समारोहमा पनि भाग लिएका थिए।

यसै साताको सुरुवातमा युक्रेनी अधिकारीहरूले दिएको जानकारी अनुसार ६ महिना लामो द्वन्द्वमा करिब ९,००० सैनिकहरू मारिए। यद्यपि त्यो सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन।

धेरै कुरा गुमाउनुका बाबजुद, जेलेन्स्कीले "कुनै पनि सम्झौताविना" पूरा युक्रेन पुनः आफूहरूको बनाउने वाचा गरे।

रुसमा भने आक्रमणको सुरु भएको आधा वर्ष बितेको दिन कुनै उल्लेख्य घटना घटेन।

मस्कोमा रहेका बीबीसीका विल भेर्ननका अनुसार सञ्चार माध्यम वा अधिकारीहरूले पनि रुसको "विशेष सैन्य कारबाही"को ६ महिना बारे केही पनि उल्लेख गरेका छैनन्।

यसलाई अधिकारीहरूले यो अभियानलाई जोड दिन नचाहेको सङ्केतका रूपमा उनले बुझेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending