Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अबको चार दिनभित्र काठमाडौंको फोहर व्यवस्थापन भैसक्ने

खबरडबली संवाददाता

काठमाडौं  । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिए।  

प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम  आगामी शनिबारसम्ममा सकिने छ । 

यसअघिको फोहर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरे । 

केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन ।   

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् । 

कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । 

पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ ।  हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । 

यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: