Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पुटिनका सहयोगीकी छोरीको हत्या युक्रेनले गरेको रुसको आरोप

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनको विशेष सुरक्षा दस्ताले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई गत साताको अन्त्यमा कार बम विस्फोट गराइ मारेको रुसले आरोप लगाएको छ।

शनिवार रुसको राजधानी मस्कोनजिकै रहेको सवारी साधनमा विस्फोट हुँदा २९ वर्षीया डार्‍या डुगिनाको मृत्यु भएको हो।

उनका चर्चित उग्रराष्ट्रवादी पिता एलेक्सेन्डर डुगिन राष्ट्रपति पुटिनको निकटवर्ती भएको बताइन्छ। उक्त आक्रमण डुगिन लक्षित भएको ठानिएको छ।

यद्यपि, युक्रेनी अधिकारीहरूले भने विस्फोटमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको जनाएका छन्।

तर रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीले सोमवार यस मुद्दाबारे आवश्यक जानकारी सङ्कलन गरेको र त्यसमा युक्रेन प्रत्यक्ष जिम्मेवार रहेको बताएको छ।

एफएसबीले रुसी सञ्चारमाध्यमलाई बताए अनुसार जुलाई महिनामा आफ्नी छोरीसँगै रुस पुगेकी एकजना महिला युक्रेनी विशेष सेवाकी मानिस थिइन्।

तिनै महिलाले डुगिना रहने भवनमा एक महिनाको लागि एउटा अपार्टमेन्ट भाडामा लिएकी थिइन् र त्यहीँ रहेर आक्रमणको तयारी गरिएको जनाइएको छ।

उनले डुगिनालाई मस्को हुँदै एउटा सानो खालको कारमार्फत पछ्याएको र त्यसका लागि उनले तीन वटा फरक लाइसेन्स प्लेटहरू प्रयोग गरेको आरोप छ।

विस्फोटपछि सन्दिग्ध व्यक्ति इस्टोनिया भागेको एफएसबीको दाबी छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले घटनाबारे एफएसबीको दाबी "काल्पनिक दुनियाँ"को "रुसी प्रचार" भएको बताए।

एफएसबीले पछि सन्दिग्धको भनिएको कार रुस प्रवेश गरेको भिडिओ सार्वजनिक गर्‍यो। त्यस्तै डुगिनाको भनिएको भवनमा प्रवेश गरेको र रुस छोडेको भनिएको सुरक्षा फुटेजहरू समेत जारी गरिएको थियो।

डुगिना र उनका पिता शनिवार मस्को नजिकै एउटा कार्यक्रममा सहभागी थिए जहाँ दार्शनिक समेत रहेका डुगिनले एक मन्तव्य दिएका थिए।

विवरणहरूका अनुसार उनीहरू एउटै कारमा चढेर फर्किने तय भएको थियो। तर, अन्तिम घडीमा योजना परिवर्तन भयो र दुवै जना भिन्नाभिन्नै सवारी साधनमा चढेका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार डुगिनाले हाँकिरहेको टोयोटा ल्यान्ड क्रुजरको मुनि विस्फोटक पदार्थ राखिएको थियो।

सामाजिक सञ्जालहरूमा सार्वजनिक फुटेजमा एलेक्सेन्डर डुगिनले आपत्कालीन सेवाका कर्मचारीहरू आउँदा स्तब्ध भएर जलिरहेको कार हेरिरहेको देख्न सकिन्छ।

उनीहरूको पारिवारिक मित्र कोन्स्टान्टिन मालोफिभले डुगिनको तर्फबाट जारी गरेको एक विज्ञप्तिमा आफ्नी छोरीको हत्या "युक्रेनी नाजी शासनद्वारा गरिएको आतङ्कवादी कार्य" भएको जनाइएको छ।

उनले निराधार तर रुसी नेतृत्वद्वारा बारम्बार दाबी गरिने- युक्रेन भित्र शक्तिशाली नाजी उपस्थितिबारे प्रसङ्ग दोहोराएका छन् जसलाई युक्रेनमाथि आक्रमणको मुख्य कारणहरू मध्ये एक भनिएको छ।

"मेरै अगाडि मेरी छोरीको निर्ममतापूर्वक हत्या गरियो," टेलिग्राममा जारी विज्ञप्तिमा भनिएको छ। "उनी एक सुन्दर धार्मिक महिला थिइन्। उनी देशभक्त युद्ध रिपोर्टर, राज्य सञ्चालित टीभीको लागि विज्ञ र एक दार्शनिक थिइन्।"

"हामी केवल जित चाहन्छौँ। मेरी छोरीले आफ्नो जीवन विजयको निम्ति बलिदान दिइन्। त्यसैले अब जित्नै पर्छ!"

राष्ट्रपति पुटिनले सोमबार क्रेमलिनबाट विज्ञप्ति जारी गर्दै डुगिनालाई व्यक्तिगत रूपमा श्रद्धाञ्जली दिए र उनको मृत्युलाई "एक नैतिकताहीन, क्रूर अपराध"को सङ्ज्ञा दिए।

डुगिना आफ्नो पिताको अन्तर्राष्ट्रिय यूरेशियन आन्दोलन सङ्गठनका लागि एक राजनीतिक टिप्पणीकार थिइन् र क्रेमलिन समर्थक सञ्चारमाध्यमहरूमा नियमित रूपमा लेख्थिन्।

डुगिना युक्रेनविरुद्ध रुसी आक्रमणको मुखर समर्थक थिइन्। युक्रेनमाथिको रुसी प्रतिबन्धबारे मिथ्या सूचना फैलाएकोमा यूकेका अधिकारीहरूले उनलाई प्रतिबन्धको सूचीमा राखेका थिए।

उनका पितालाई "राष्ट्रपति पुटिनको दिमाग" पनि भन्ने गरिन्छ। उनी कुनै सरकारी पदमा छैनन्। यद्यपि राष्ट्रपति पुटिनलाई उनले निकै प्रभावित पार्ने गरेको बताइन्छ।

रुसको युरोपेली विरोधी आन्दोलनको संस्थापकको रूपमा देखिएका उनले सन् २०१४ मा युक्रेनसँग युद्ध "अपरिहार्य" भएको बताएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending