Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङका  धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ । 

समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा पर्यटकीय प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए। 

म्याराथन भने सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरुआत भई काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने आयोजकले जनाएको छ । महोत्सवमा खुला म्याराथन तोक्मेबाट सुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ ।

कार्यक्रमको पहिलो दिन बिहान बजारमा कलश यात्रा गरिने छ  । साथै कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाइट ९सिरानी बोकेर फाइट खेल्ने०, हाडी फुटाइ, मेयर कप भलिबल प्रतियोगिता सुरु, लोक सांस्कृतिक कार्यक्रम गरिने बताए। 

महोत्सवको अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्र्रिया, खाद्य परिकार महोत्सव, कृषिमेला, प्याराग्लाइडिङ, रक क्लाइमिङ तथा साइक्लिनिङ, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र वृत्त चित्र प्रदर्शनीलगायतका कर्यक्रम आयोजना गरिने छन् । 

महोत्सवको मुख्य आकर्षक म्याराथन दौड तोक्मेदेखि पाथीभरा मन्दिरसम्म हुने छ । त्यस्तै महिला हाफ म्याराथन तोक्मेदेखि काफ्लेपाटीसम्म हुनेछ । महोत्सव सञ्चालनका लागि करिब रु ६५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending