Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि पर्खिएर बस्थे सांसद

खबरडबली संवाददाता

काठमाडौं । संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । माक्र्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता थिए। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै श्रद्धाभाव व्यक्त गरे ।
      
समकालीन राजनीतिका अध्ययनशील र आदर्शवादी नेता गिरी राजनीतिमा प्रेरणाका स्रोत भएको नेकपा ९एमाले० संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले बताए । उनका अनुसार सांसद गिरी संसद्मा बोल्ने दिनमा सांसदको उपस्थिति पनि बढ्थ्यो ।

सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरीप्रति आदर्शभाव व्यक्त गर्ने अधिकांशको बोली र लय एउटै थियो । राजनीतिज्ञ र बौद्धिक जमात मात्र नभई आम सर्वसाधारणलाई रुवाएर महाप्रस्थान गर्नुभएका नेता गिरीको सैद्धान्तिक विचारका अनुयायीहरु समकालीन राजनीतिमा धेरै छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गिरी वास्तवमा निष्ठाको राजनीति गर्ने, अध्ययनशील, प्रखर बौद्धिक क्षमता भएको व्यक्तिका रूपमा आफूले स्मरण गरेको बताए । उनले भने, “राजनीतिक चिन्तक र विश्लेषक, समाजवादीहरुलाई पनि समाजवाद पढाउनसक्ने क्षमतावान् व्यक्ति थिए ।”

उनले नेपालको राजनीतिक दर्शनलाई सैद्धान्तिक र राजनीतिक पाटोबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गिरी जनतालाई हेरेर जनतासँग भिजेर उनीहरुको उत्थानका लागि राजनीति गर्नुपर्छ भन्ने व्यक्तित्वका रूपमा आफूले पाएको उल्लेख गरे।

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी पनि स्व गिरीको अभाव संसद्मा खड्किएको बताउछिन् । “संसद् चलिरहँदा सदन बाहिर, क्यान्टिनमा रहेका सांसद पनि उहाँ ९स्व गिरी० को विचार सुन्न चाहनुहुन्थ्यो, त्यसकारण नेपालको राजनीतिक आन्दोलनमा उहाँको आवश्यकता खड्किरहनेछ र हामी सधैँ सम्झिरहनेछौँ ।” नेकपा ९माओवादी केन्द्र० का सांसद सुवेदीले समाजवादी आन्दोलनका अगुवा गिरीको निधनले राज्यको परिवर्तनकारी आन्दोलनमा उहाँको अभाव सधै खड्किरहने उल्लेख गरे ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर कांग्रेसका संस्थापक नेता जननायक वीपी कोइरालाको दर्शनलाई कार्यान्वयन गर्ने नेता स्वर्गीय गिरी भएको बताउछन् । “स्व गिरीले नेपाली राजनीतिमा दिनुभएको विचारलाई आगाडि बढाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो ।

लामो समय भारतको बनारसका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गरी स्वदेश फर्कनुभएका नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । निधनको खबर थाहा पाउनेबित्तिकै देशका राष्ट्र प्रमुख राष्ट्रपति, कार्यकारी प्रमुख प्रधानमन्त्री, सत्तारूढ दलका शीर्षस्थ नेता एवं प्रमुख प्रतिपक्षी दलका नेताले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गर्नुभयो । पार्टीका नेता कार्यकर्ता, शुभचिन्तकले अस्पताल, पार्टी कार्यालय र पशुपति आर्यघाट पुगेर स्व नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कांग्रेस नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक समाजवादको व्याख्याताका रूपमा स्व गिरीले पहिचान बनाएको भन्दै उहाँको निधनले कांग्रेस र सिङ्गो देशलाई नै अपूरणीय क्षति भएको उल्लेख गर्नुभयो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत बहुआयामिक व्यक्तित्वका धनी स्वर्गीय गिरीमा अथाह ज्ञानको भण्डार रहेको बताउनुभयो । “उहाँको विचारले कांग्रेसलाई ऊर्जा मिल्थ्यो”, प्रवक्ता महतले भन्नुभयो, “स्व गिरी पार्टीभित्र देखेको लागेको कुरा स्पष्टसँग राख्नसक्ने प्रखर वक्ता हुनुहुन्थ्यो । गिरीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।”

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरूपमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चित हुनुहुन्थ्यो । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । आफूलाई गिरीको विचारको चिन्तक बताउने नीलाम्बर तिमल्सिनाले सबैलाई एउटै व्यवहार गर्ने सादगी नेता गिरी देश र समाजकै आदर्श व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।

गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पुग्नुभएका साहित्यकार धीरेन्द्र प्रेमर्शीले मनमा निश्चलता वाणीमा प्रवाह भएको प्रखर व्यक्तिका रूपमा गिरीलाई आफूले बुझेको बताउनुभयो । 

नेपाली कांग्रेसले दिवङ्गत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते)सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 
स्वर्गारोहणको १३ औँ दिन ९भदौ १६ गते० मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवं बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।
     
पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोबर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गर्नुभएको थियो । उहाँ समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो ।
 
उहाँ राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नुहुन्थ्यो । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभएको कांग्रेसले जनाएको छ ।
 
नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहनुभयो । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहे ।
 
उहाँ कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय हुनुहुन्थ्यो । दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको कांग्रेसको ठहर छ । शनिबार राति निधन हुनुभएका गिरीको शवलाई श्रद्धाञ्जलीका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसर र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
 
त्यहाँ प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस पदाधिकारी एवं सदस्यहरु, पार्टीका कार्यकर्ताहरु, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेपाल सरकारका मन्त्रीहरु, महान्यायाधिवक्ता, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । यस्तै नेता गिरीप्रति श्रद्धाञ्जली दिन प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का नेताहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, सांसदहरु, साहित्यकार, सञ्चारकर्मी सानेपा पुगेका थिए ।

‘संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे।।।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending