Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

स्व गिरी, साहित्य र समाजवाद

खबरडबली संवाददाता

काठमाडौँ । दार्शनिक लेखक एवं विश्लेषक  प्रदीप गिरीको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको छ । घाँटीको क्यान्सरबाट पीडित कांग्रेस नेता गिरीको शनिबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

 “रचनामा मीठास भर्न खप्पिस झर्रोसाहित्यकार गिरी सालिन व्यक्तित्वका धनी थिए, सादा जीवन र उच्च विचारका रुपमा कहलिएका स्व गिरीको असमाहिक निधनले जुझारु पाठकलाई खल्लो बनाएको छ”, साहित्यकार ध्रवचन्द्र गौतमले भने । 

साहित्यकार गौतम स्व गिरीका सहपाठी थिए । गिरीलाई उनले एक असल मित्र, राजनीतिक चिन्तक, ठूला पाठक, बौद्धिक लेखक र निष्ठाका धनी, सादगी व्यक्तित्व रहेको बताए । जनमत साहित्यक मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक मोहन दुवालले राजनीति विद्धानको सूचीमा स्व गिरी अग्रपङ्क्तिमा रहेको जानकारी दिएयो ।

स्व गिरीले जनमत साहित्यक मासिक पत्रिकामार्फत साहित्यमा आफ्नो धारणा राख्दै, “कविता वा कलालाई पढ्न र बुझ्न खोज्नुभनेको आफूलाई खोतल्नु हो”, भनेका छन । साहित्यकार निलम कार्की ‘निहारीका’को कविता सङ्ग्रहको भूमिकामा उहाँले “साहित्य अनुशिलन मेरा निम्ति आफ्नै जीवनको एउटा अङ्ग हो”, भनी उल्लेख गरेका छन् । 

उनले शारदा मासिक पत्रिकालगायतका दर्जनौँ साहित्यक पत्रिकामा आफ्ना साहित्यक लेख रचना प्रकाशन गर्नुभएको साहित्यकारले बताउनुभएको छ । वरिष्ठ पत्रकार एवं लेखक जगत नेपालले स्व गिरी राममनोहर लोहिया र गान्धीबाट प्रभावित रसिक, सालिन व्यक्तित्व, सत्यका पक्षमा  अडिक र निडर लेखक रहेको बताए । 

लेखक नेपालले गिरीको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक  र कहलिएको  साहित्यकार गुमाएको बताउँदै उहाँको निधनपछि बीपी र बीपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्तासमेतको अवसान भएको चर्चा गर्नुभयो । साहित्यकार विनोद दीक्षितका अनुसार स्व गिरी विशिष्ट राजनीतिक चिन्तन भएका पठनीय र सङ्ग्रहनीय साहित्य सिर्जना गर्नसक्ने उच्चकोटीका राजनीति विशलेषक तथा लेखक रहेको जानकारी दिए।

साहित्यकार रोचक घिमिरेका नजरमा स्व गिरी नवीन खोज तथा अनुसन्धानमूलक लेख रचना पढ्न तथा रचना गर्न  रुचाउने निर्भिक व्यक्ति थिए । स्व गिरीले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका प्रकाशन गर्नुभएबाट पनि उनको साहित्यमा गहिरो अभिरुचि रहेको पुष्टि हुन्छ ।

पिता मित्रलाल गिरीको प्रेरणाले  राजनीतिमा संलग्न  प्रदीप गिरीका धेरै लेख रचना पढ्दै आएनुभएका पाठक वासुदेव ढुङ्गानाका अनुसार उहाँका राजनीति लेखमा सीमान्तकृत र पिछडिएका जनताको मर्मस्पर्शी चोटलाई साहित्यक रुपमा चित्रण गरिएको पाइन्छ ।


उनका थुप्रै लेख रचना दर्जनौँभन्दा बढी पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । विशेष गरी उहाँले ‘विश्वेश्वरप्रसाद कोइराला, ‘राजनीति अभिलेख’, ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ ‘दौपदी देश’, ‘नेपाली कांग्रेस माओवादी र मधेश ९२०६६०’ ‘डा राममोहन लोहिया’, ‘लेनिनको जीवनी’ ‘नारी’ ‘माक्र्सवाद’ तथा ‘अर्थशास्त्र’सम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । 

विसं २०१७ देखि सक्रिय राजनीति प्राररम्भ गर्नुभएका कांग्रेस नेता पाठकवर्गको बौद्धिक तिर्खा मेटाइदिन सक्ने समालोचक पनि थिए । उनले बिपी र मदनमणि दीक्षितका केही पुस्तकको समालोचनासमेत गर्नुभएको साहित्यकार रोचक घिमिरेले जानकारी दिए । 

विभिन्न सार्वजनिक समारोहमा कांग्रेस नेता गिरीले राजनीति र साहित्य जनताका लागि गर्नु र लेख्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले झन्डै चार वर्ष जेल जीवन बिताएका छन्। भारतको जवहारलाल नेहरु विश्वविधालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्ने प्रायः सबैले रुचाइएका नेता हुनुहुन्थ्यो ।  

गिरीले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गरेका थिए। उक्त कुरा अहिले सावित हुँदै गएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: