Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

स्व गिरी, साहित्य र समाजवाद

खबरडबली संवाददाता

काठमाडौँ । दार्शनिक लेखक एवं विश्लेषक  प्रदीप गिरीको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको छ । घाँटीको क्यान्सरबाट पीडित कांग्रेस नेता गिरीको शनिबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

 “रचनामा मीठास भर्न खप्पिस झर्रोसाहित्यकार गिरी सालिन व्यक्तित्वका धनी थिए, सादा जीवन र उच्च विचारका रुपमा कहलिएका स्व गिरीको असमाहिक निधनले जुझारु पाठकलाई खल्लो बनाएको छ”, साहित्यकार ध्रवचन्द्र गौतमले भने । 

साहित्यकार गौतम स्व गिरीका सहपाठी थिए । गिरीलाई उनले एक असल मित्र, राजनीतिक चिन्तक, ठूला पाठक, बौद्धिक लेखक र निष्ठाका धनी, सादगी व्यक्तित्व रहेको बताए । जनमत साहित्यक मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक मोहन दुवालले राजनीति विद्धानको सूचीमा स्व गिरी अग्रपङ्क्तिमा रहेको जानकारी दिएयो ।

स्व गिरीले जनमत साहित्यक मासिक पत्रिकामार्फत साहित्यमा आफ्नो धारणा राख्दै, “कविता वा कलालाई पढ्न र बुझ्न खोज्नुभनेको आफूलाई खोतल्नु हो”, भनेका छन । साहित्यकार निलम कार्की ‘निहारीका’को कविता सङ्ग्रहको भूमिकामा उहाँले “साहित्य अनुशिलन मेरा निम्ति आफ्नै जीवनको एउटा अङ्ग हो”, भनी उल्लेख गरेका छन् । 

उनले शारदा मासिक पत्रिकालगायतका दर्जनौँ साहित्यक पत्रिकामा आफ्ना साहित्यक लेख रचना प्रकाशन गर्नुभएको साहित्यकारले बताउनुभएको छ । वरिष्ठ पत्रकार एवं लेखक जगत नेपालले स्व गिरी राममनोहर लोहिया र गान्धीबाट प्रभावित रसिक, सालिन व्यक्तित्व, सत्यका पक्षमा  अडिक र निडर लेखक रहेको बताए । 

लेखक नेपालले गिरीको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक  र कहलिएको  साहित्यकार गुमाएको बताउँदै उहाँको निधनपछि बीपी र बीपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्तासमेतको अवसान भएको चर्चा गर्नुभयो । साहित्यकार विनोद दीक्षितका अनुसार स्व गिरी विशिष्ट राजनीतिक चिन्तन भएका पठनीय र सङ्ग्रहनीय साहित्य सिर्जना गर्नसक्ने उच्चकोटीका राजनीति विशलेषक तथा लेखक रहेको जानकारी दिए।

साहित्यकार रोचक घिमिरेका नजरमा स्व गिरी नवीन खोज तथा अनुसन्धानमूलक लेख रचना पढ्न तथा रचना गर्न  रुचाउने निर्भिक व्यक्ति थिए । स्व गिरीले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका प्रकाशन गर्नुभएबाट पनि उनको साहित्यमा गहिरो अभिरुचि रहेको पुष्टि हुन्छ ।

पिता मित्रलाल गिरीको प्रेरणाले  राजनीतिमा संलग्न  प्रदीप गिरीका धेरै लेख रचना पढ्दै आएनुभएका पाठक वासुदेव ढुङ्गानाका अनुसार उहाँका राजनीति लेखमा सीमान्तकृत र पिछडिएका जनताको मर्मस्पर्शी चोटलाई साहित्यक रुपमा चित्रण गरिएको पाइन्छ ।


उनका थुप्रै लेख रचना दर्जनौँभन्दा बढी पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । विशेष गरी उहाँले ‘विश्वेश्वरप्रसाद कोइराला, ‘राजनीति अभिलेख’, ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ ‘दौपदी देश’, ‘नेपाली कांग्रेस माओवादी र मधेश ९२०६६०’ ‘डा राममोहन लोहिया’, ‘लेनिनको जीवनी’ ‘नारी’ ‘माक्र्सवाद’ तथा ‘अर्थशास्त्र’सम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । 

विसं २०१७ देखि सक्रिय राजनीति प्राररम्भ गर्नुभएका कांग्रेस नेता पाठकवर्गको बौद्धिक तिर्खा मेटाइदिन सक्ने समालोचक पनि थिए । उनले बिपी र मदनमणि दीक्षितका केही पुस्तकको समालोचनासमेत गर्नुभएको साहित्यकार रोचक घिमिरेले जानकारी दिए । 

विभिन्न सार्वजनिक समारोहमा कांग्रेस नेता गिरीले राजनीति र साहित्य जनताका लागि गर्नु र लेख्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले झन्डै चार वर्ष जेल जीवन बिताएका छन्। भारतको जवहारलाल नेहरु विश्वविधालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्ने प्रायः सबैले रुचाइएका नेता हुनुहुन्थ्यो ।  

गिरीले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गरेका थिए। उक्त कुरा अहिले सावित हुँदै गएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending