Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एकीकृत समाजवादीमा उम्मेदवार छनोटको गृहकार्य सुरु, भदौ १० भित्र सिफारिस गरिसक्न निर्देशन

खबरडबली संवाददाता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ ।
 
प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले निर्धारित समयमा गरेको सिफारिसलाई सम्बन्धित जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने छ । पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार ती सिफारिस भएका नामलाई प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको अन्तिम निर्णय गरिने छ । केन्द्रले उम्मेदवार छनोटका लागि औपचारिक तथा अनौपचारिक रुपमा प्रक्रिया सुरु गरिसकेको छ ।
 
पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाइने छ । पार्टी सङ्गठन निर्माणमा सक्रिय भूमिका खेलेका र योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको तथा सक्रिय र समावेशीताको सिद्धान्तअनुसार उम्मेदवार छनोट गरिने छ ।
 
प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्न गृहकार्य भइरहेको छ । जिल्ला कमिटीले उक्त चारजनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेश कमिटीले उक्त तीनजनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउन तथा केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भई आएका तीनजनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्पmको उम्मेदवार बनाउन निर्णय गर्ने पार्टी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए। 
 
प्रदेशसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले नाम सिफारिस गर्ने छ । उहाँका अनुसार पार्टी सङ्गठनमा योग्य र सक्षम नेता भए पनि पार्टी गठबन्धनमा आबद्ध रहेकाले त्यसको भावनाअनुसार फरकरफरक भूगोलमा उम्मेदवार छनोट गर्नुपर्ने छ ।
  
एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ । यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र उक्त कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्न परिपत्र गरेको छ ।
 
विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्नसक्ने छन् । केद्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भई आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्दसूची तयार गर्ने छ । 
 
उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट पनि टुङ्गो लगाउने नीति छ । कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्ने छ ।
 
पार्टीका जनवर्गीय सङ्गठनले विभिन्न रचनात्मक कार्य गरी देशभर पार्टीका पक्षमा  जनमत सिर्जना गर्न चुनावी अभियान सुरु गरी प्रचारसमेत थालेको छ । उम्मेदवार छनोट भएपछि घरदैलोलगायत प्रचार प्रसार कार्य गरिने छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending