काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याएको बताइन्।
राष्ट्रपति भण्डारीले अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजाज शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बताइन् । छ दशकअघि ४० शय्याबाट सुरुआत भएको यस अस्पतालले हाल चार सय ७९ शय्याबाट सेवा दिइरहेकोमा उहाँले खुसी व्यक्त गरिन्।
उनले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक ‘अमृत कोष’को स्थापनाले गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालिनेका रुपमा पाएको बताइन्। “दूध दान गर्नु पुरानो अभ्यासको रुपमा रहेको छ”, उनले भनिन्, “अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको सङ्कलन, प्रशोधन र भण्डारणले गरी आवश्यक पर्ने शिशुलाई वितरण गर्ने छ ।”
अमृत कोषको स्थापनाबाट नेपालका मातृ तथा शिशुमृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याउनुका साथै स्तनपान महत्वबारे जनचेतना जगाउने विश्वास व्यक्त गरिन् । यस अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा विशेष गरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाउँमा पु¥याउन पहल गर्नु पनि प्रशंसनीय रहेको उनको भनाइ रहेको छ । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १०:५९
बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...
मंसिर २४ गते, २०८२ - १०:४८
मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...
मंसिर २४ गते, २०८२ - १०:२९
सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...
मंसिर २४ गते, २०८२ - १०:१९
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूर...
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...




प्रतिकृया लेख्नुहोस्: