Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

नवनियुक्त प्रशिक्षक हुमागाईँले भोलिदेखि खेलाडीलाई प्रशिक्षण गराउने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले भोलिदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बताएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उहाँले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताए ।

प्रशिक्षक हुमागाईँले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको भन्दै बङ्गलादेशविरुद्धको खेलमा राम्रो नतिजा ल्याउने उद्देश्यका साथ काम गर्ने बताए। प्रशिक्षक हुमागाईँ अमेरिका बस्दै आएको छ । उनी नेपालीमूलको अमेरिकी नागरिक छन् ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उनको अनुपस्थितिमा एन्फाले एक खेलका लागि हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

आगामी असोज ११ गते घरेलु मैदान दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण एक खेलका लागि एन्फाले प्रशिक्षक हुमागाईँलाई नियुक्त गरेको हो । प्रारम्भिक चरणमा रहेका ४० खेलाडीलाई प्रशिक्षक हुमागाईँले प्रशिक्षण गरानेछ । प्रशिक्षक हुमागाईँले यसपटकदेखि फुटबल खेलका समर्थकलाई पनि हप्तामा एक दिन खेलाडीले प्रशिक्षण गरेको स्थलमा प्रवेशको मौका दिने बताए । उनले नेपालमा फुटबल फ्यानको संस्कृतिलाई विकास गर्न समर्थकलाई प्रशिक्षणस्थलमा भित्र्याउने योजना रहेको बताए

यसैगरी एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उहाँको अनुपस्थितिमा प्रशिक्षक हुमागाईँलाई नियुक्त गरिएको बताउनुभयो । नेपाली टोलीले प्रारम्भिक चरणको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठलाई बोलाएको छ ।

यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का र अमित तामाङ छन् भने मिडफिल्डरमा सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदीप गुरुङ, सुरजज्यु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अञ्जन विष्ट छनोट भएका छन् ।

त्यस्तै फरवार्डमा  विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास प्रारम्भिक चरणमा छनोट भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending