काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले भोलिदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बताएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उहाँले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताए ।
प्रशिक्षक हुमागाईँले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको भन्दै बङ्गलादेशविरुद्धको खेलमा राम्रो नतिजा ल्याउने उद्देश्यका साथ काम गर्ने बताए। प्रशिक्षक हुमागाईँ अमेरिका बस्दै आएको छ । उनी नेपालीमूलको अमेरिकी नागरिक छन् ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उनको अनुपस्थितिमा एन्फाले एक खेलका लागि हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
आगामी असोज ११ गते घरेलु मैदान दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण एक खेलका लागि एन्फाले प्रशिक्षक हुमागाईँलाई नियुक्त गरेको हो । प्रारम्भिक चरणमा रहेका ४० खेलाडीलाई प्रशिक्षक हुमागाईँले प्रशिक्षण गरानेछ । प्रशिक्षक हुमागाईँले यसपटकदेखि फुटबल खेलका समर्थकलाई पनि हप्तामा एक दिन खेलाडीले प्रशिक्षण गरेको स्थलमा प्रवेशको मौका दिने बताए । उनले नेपालमा फुटबल फ्यानको संस्कृतिलाई विकास गर्न समर्थकलाई प्रशिक्षणस्थलमा भित्र्याउने योजना रहेको बताए
यसैगरी एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उहाँको अनुपस्थितिमा प्रशिक्षक हुमागाईँलाई नियुक्त गरिएको बताउनुभयो । नेपाली टोलीले प्रारम्भिक चरणको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठलाई बोलाएको छ ।
यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का र अमित तामाङ छन् भने मिडफिल्डरमा सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदीप गुरुङ, सुरजज्यु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अञ्जन विष्ट छनोट भएका छन् ।
त्यस्तै फरवार्डमा विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास प्रारम्भिक चरणमा छनोट भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...
मंसिर ३० गते, २०८२ - १०:५७
सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...
मंसिर ३० गते, २०८२ - १०:४३
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...
मंसिर ३० गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...




प्रतिकृया लेख्नुहोस्: