Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कर्मचारी चार ,कार्यक्षेत्र पाँच जिल्ला !

खबरडबली संवाददाता

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य÷दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ । 

व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने जम्मा चार जना मात्रै छ । कार्यालयका एक खाद्य अनुसन्धान अधिकृत, दुई प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी कार्यरत छन् । 

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी कम हुँदा बजार अनुगमनलगायतका काममा समस्या हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले जानकारी दिए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए  । “कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ”, उनले भने, “भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना सङ्कलन, मुद्दाको अनुसन्धानको काम भइरहेको छ ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारणको जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो । 

कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को अवधिमा एक सय ७७ खाद्य ऐन बमोजिमका नमूना, ५९ वटा सर्भिलेन्सका लागि खाद्य नमूना र दाना ऐनबमोजिमका १३ वटा दाना पदार्थको नमूना सङ्कलन गरेको थियो । 

कार्यालयले सोही अवधिमा एक सय २० वटा खाद्य उद्योगको निरीक्षण, २८ पटक अन्य निकायसँग संयुक्तरुपमा बजार अनुगमन, पाँच पटक हाटबजार मेला अनुगमन गरेको पोख्रेलले जानकारी दिए । 

त्यस्तै एक सय ९० भन्दाबढी खाद्य पलस र एक सय १९ वटा विभिन्नस्तरका होटल, रेस्टुराँ, मिठाइ पसल, भोजनालय निरीक्षण गरिएको छ । अनुगमनका क्रममा २४ पसलमा देखिएका रु ४३ हजार पर्ने म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको थियो । चार पटक चार ठाउँमा खाद्य उद्योगीसँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गरिएको कार्यालयले जनाएको छ । दुई पटक स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी अन्तक्र्रिया र दुई पटक सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको जनाइएको छ । 

कार्यालयले सोही अवधिमा अनुज्ञापत्र जारी÷नवीकरण र विश्लेषण शुल्कबापत रु एक लाख ५४ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । खाद्य मुद्दा सम्बन्धमा सात वटा मुद्दा दायर भएकामा चार वटा मुद्दाको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सम्बन्धित निकायमा सक्कल मिसिल पठाइएको पोख्रेलले बताए । 

त्यस्तै एक सय ७७ खाद्य नमूनामध्ये १६ वटा नमूना खाद्य ऐनको प्रतिकूल रहेको पाइएको छ भने १३ मध्ये दुई दाना पदार्थको नमूना ऐनविपरीत रहेको पाइएको छ । 

कार्यालयले उक्त अवधिमा दूध तथा दूध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फल तथा सागपातका २६, मसलाका १४, चिया कफीका १४, नूनका दुई, खाद्यान्न, दलहन र सोबाट बनेका खाद्यका ४४, प्रशोधित पिउने पानीको १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना सङ्कलन गरेको थियो ।

कार्यालयले चाडपर्वका बेलामात्र नभई अन्य समयमा पनि नियमितरुपमा बजार अनुगमन गर्दै आएको पोख्रेलले बताए । “अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्छौं, सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरेका हौँ”, उनले भने ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies