Khabar Dabali १८ आश्विन २०७९ मंगलवार | 4th October, 2022 Tue

बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार ३ जनाको मृत्यु

खबरडबली संवाददाता

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । 

सोही घटनामा लुङ्गेलीकी श्रीमती सविना लुङ्गेली गम्भीर घाइते भएको तथा दुवै खुट्टामा चोट लागेकाले थप उपचारका लागि न्यूरो अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले जानकारी दिए । दुर्घटनापछि बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उनले बताए  । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँसँगै रामलीलाको रौनक

राँझा । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अव...

पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु

इस्लामावाद । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस...

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट १९ जननको मृत्यु

काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको ...

ग्यास चुहिएर आगलागी हुँदा १७ लाख बराबरको क्षति

झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उप...

गाउँपालिकाद्वारा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान

बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्केका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै...

आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० व...

महामन्त्री थापा भन्छन्– डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं...

चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन नि...

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

म्यानमार । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः ५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भू...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page