Khabar Dabali १८ आश्विन २०७९ मंगलवार | 4th October, 2022 Tue

'हामीमा व्यक्तिवादी चरित्र देखियो, भनाइ र गराइनै फरक भयो'

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास भइरहेको छ : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पछिल्लो खराब हुँदै गएको टिप्पणी गरेका छन् । 

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीमा व्यक्तिवादी चरित्र हाबी हुँदै गएको बताएका हुन्। 

प्रचण्डले भने, 'हामी क्रान्तिकारी छैनौँ । पहिला सानो थियो, निष्ठावान् थियो । तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ ।  हामी व्यक्ति बादी भएका छौँ आत्मकेन्द्रीत भएका छौँ।’ 

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास भइरहेको बताए। निर्वाचनको तयारी गर्दै वामपन्थी एकताको सकारात्मक प्रयास भइरहेको बताए। देशभक्त शक्तिलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताए। 

उनले भने, ‘हामी स्वार्थ समूह बनाउने तिर लागेका छौँ । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्कलन आएको छ ।’ उनले पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको बताए। 

‘क्रान्तिकारी पार्टी बनाउने भन्ने कुरा बिचारमा, किताबमा दस्ताबेजमा छ । हाम्रो दैनिकी क्रान्तिकारी छैन । हाम्रो भनाइ र गराइमा फरक भइरहेको छ’, उनको भनाइ छ। 

उनले अन्य पार्टी भन्दा माओवादी नै उपयुक्त रहेको दाबी गरे ।
‘देशमा भएका अन्य पार्टी मध्ये माओवादी मात्रै सही बाटोमा छ’ उनले भने, ‘यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना छ ।’

गठबन्धनबाट निर्वाचनको तयारीमा लागिरहेको समेत बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनमा सहमति भएको छैन, हामीलाई कसैको वैशाखी चाहिँदैन : उपेन्द्र यादव

'गणतन्त्र खतरामा परेपछि हाम्रो पहलमा गठबन्धन निर्माण भएको थियो'

काम होइन कुरामात्रै गर्छन् ओली, झुटकै सहारामा कहिलेसम्म टिक्ने ?

काठमाडौं । वाकपटुवाका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिडियाको पहिलो छनोटमा पर्छन्। उनी जे बोल्छन्, प्रायः हरेक अभ...

स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल

काठमाडौं  ।  डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको ...

एमालेले बन्दसूची हेरफेर गर्ने, उम्मेदवार छान्ने जिम्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ।  एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आ...

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतक...

मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ ।  बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिक...

सभामुख र उपसभामुखको तलबभत्ता रोक्का

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयल...

शासक पथभ्रष्ट भइसके, सत्ता स्वार्थको गठबन्धन दुर्भाग्य : पूर्वराजा शाह (भिडियोसहित)

'जनतामा उत्साह छैन, कार्यापालिका र न्यायपालिकामा विकृत्ति बढ्यो'

गठबन्धनमा सिट बाँडफाँटमा सहमति, दोहोरो दाबी परेको क्षेत्रमा शीर्ष तहले टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आगामी मंसिर ४  गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्व...

सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।  सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सश...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page