बैतडी । सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल निरन्तररुपमा बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो ।
गत एक महिनाको तथ्याङ्क हेर्दा यहाँ करिब एक हजार दुई सय थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ गतेदेखि मसान्तसम्मको तथ्याङ्क हेर्दा एक हजार एक सय ९३ नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सङ्क्रमणकै कारण एकजनाले ज्यान गुमाएको छ । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको हो ।
निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरपश्चिममा सङ्क्रमण बढेको हो । उनले भने, “भारतमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको प्रभाव यहाँ पनि परेको अनुमान गर्न सकिन्छ ।” भारतमा मजदूरी गर्दै आएका नेपाली नागरिक स्वदेश फर्किने क्रम बढेकाले जोखिम पनि बढ्दै गएको उनले बताए ।
कोरोना सङ्क्रमणकोे जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको निर्देशनालयले जनाएको छ । जोखिम कायमै रहेकोले यहाँका भारतसंँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, “नयाँ व्यवस्थापनको काम नभए पनि सीमानाकामा स्थापना भएका हेल्थ डेस्कमार्फत जाँचमा कडाइ गरिएको छ ।”
भारतसँग सीमा जोडिएका प्रदेशको गड्डाचौकी, गौरीफन्टा, झुलाघाट, पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेनमार्फत कोरोना परीक्षणको काम भइरहेको छ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको छ । उहाँले भन्नुभयो, “सङ्क्रमण देखिनासाथ अस्पताल लैजाने गरेका छौँ, डाक्टरको सल्लाहमा सङ्क्रमितको स्वास्थ्य अवस्था हेरेर भर्ना गर्ने र होम आइसोलेसनमा बस्न सुझाउने गरिएको छ ।”
यसका साथै पहिला स्थापना गरिएका होडिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन, कोरोना अस्पताल, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने काम भइरहेको निर्देशनालयले जनाएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ७२ हजार सात सय ८७ को कोरोना परीक्षण गरिएकामा ६० हजार नौ सय ३४ मा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३४ को ज्यान गइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो । नेपाल सुन...
आषाढ़ १४ गते, २०८३ - ११:१५
काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह जे अ...
आषाढ़ १४ गते, २०८३ - ११:०२
बाजुरा। रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रा...
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...



प्रतिकृया लेख्नुहोस्: