काठमाडौं । एक चिनियाँ पानीजहाज भारतीय चासोबीच श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ।
बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काली जल क्षेत्रमा रहँदा कुनै काम नगर्ने सर्तमा त्यहाँ रोकिन दिइएको हो।
भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै आफ्नो चासो व्यक्त गरेको समाचारहरूमा जनाइएको थियो। श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाजलाई अगस्ट २२ सम्म चिनियाँहरूले व्यवस्थापन गरिरहेको बन्दरगाहमा रहने अनुमति दिइएको हो।
विज्ञहरूलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले युआन वाङ् ५ चीनको पछिल्लो पुस्ताको जासुसी पानीजहाजमध्ये रहेको जनाएको छ।
यो पानीजहाजले भूउपग्रह, रकेट र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई निगरानी गर्न सक्छ। कैयौँ भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई "दोहोरो प्रयोजनमा प्रयोग हुने जासुसी पानीजहाज" भनेर व्याख्या गरेका छन्।
पानीजहाजसम्बन्धी वेबसाइटहरूले त्यसलाई अध्ययन, अनुसन्धान र अनुगमनसम्बन्धी जहाज बताउने गर्छन्।
भारतीय चासो
भारतीय न्यूज वेबसाइट एनडीटीभीले नयाँ दिल्लीले "पानीजहाजको ट्र्याकिङ प्रणालीले श्रीलङ्का जाने क्रममा भारतका सुरक्षा पूर्वाधारका विषयमा जासुसी गरिने सम्भावनाबारे" चासो व्यक्त गरेको जनाएको छ।
यसअघि जुलाईमा भारतीय विदेश मन्त्रालयका एक प्रवक्ताले आफ्नो सरकारले उक्त पानीजहाजको योजनाबद्ध भ्रमणलाई निरीक्षण गरिरहेको बताएका थिए।
उनले दिल्लीले आफ्नो सुरक्षा र आर्थिक स्वार्थहरूको बचाउ गर्ने बताए। रोयटर्सको अनुसार भारतले उक्त पानीजहाजको यात्राबारे श्रीलङ्कासँग मौखिक रूपमा विरोध जनाएको थियो।
यस महिनाको सुरुमा श्रीलङ्काको विदेश मन्त्रालयले चीनलाई पानीजहाजले मागेको बन्दरगाहमा आश्रयको लागि आग्रहलाई अस्थायी रूपमा रोक्दै त्यसका लागि "थप छलफल" आवश्यक पर्ने जनाएको थियो।
बेइजिङको प्रतिक्रिया
चीनले त्यसको जबाफमा कुनै देशको नाम नलिई "केही देशहरूले कथित 'सुरक्षा चासो' भनेर श्रीलङ्कालाई दबाव दिने काम पूरै औचित्यहीन" रहेको बताएको थियो।
श्रीलङ्काले पछि उक्त पानीजहाजलाई बन्दरगाहमा रहने अनुमति दिइएको घोषणा गरेको थियो। हाल गम्भीर आर्थिक सङ्कटमा रहेको श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावका माझ भारतीय चासो देखा परेको हो।
बेइजिङले श्रीलङ्कालाई बेल्ट एन्ड रोड अवधारणा अन्तर्गत एशियामा पूर्वाधार विकास गर्नका लागि अर्बौँ डलर ऋण दिएको छ।
यद्यपि ती सबैजसो आर्थिक सहायता श्रीलङ्कालाई फाइदा पुग्ने गरी भएका छैनन्। उदाहरणका लागि सन् २०१७ मा चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सले धेरैजसो सेअर लिएर हम्बनटोटा बन्दरगाहलाई ९९ वर्षका लागि भाडामा लिएको थियो।
युआन वाङ् ५ रोकिरहेको उक्त बन्दरगाह निर्माणको ऋण तिर्न कोलम्बोले सङ्घर्ष गरिरहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: