Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

अफगानिस्तानमा तालिबान शासनको एक वर्ष, ग्रामीण भेगमा भोकमरीको त्रास

सडकको दुरावस्था, अस्पतालको अभाव र विद्यालयहरू छैन सञ्चालनमा

खबरडबली संवाददाता

काठमाडौं । काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि तपाईँले याद गर्ने सबैभन्दा पहिलो कुरा राहदानीमा छाप लगाइरहेका खैरो स्कार्फ र कालो लुगा लगाएका महिलाहरू हुन्।

एक वर्ष अघि देश छोड्न आतुर मानिसहरूको भीडले भरिएको यो हवाई क्षेत्र अहिले शान्त र सफा छ। यहाँ अहिले लहरै राखिएका तालिबानका सेता झन्डाहरू फहराउँछन् र पुराना प्रसिद्ध मानिसहरूका अनुहार देखिने बोर्डहरू अरू नै रङ्गले ढाकिएका छन्।

तालिबानले सत्ता पल्टाएको यो देशमा अरू के के परिवर्तन भएका छन्? सन्देशहरू चकित बनाउने किसिमका छन्। "उनीहरूले मेरो जागिर भाइलाई दिन भने," एक महिलाले सन्देश आदानप्रदान गर्ने माध्यममा लेखिन्।

"हामीले अनुभव र शिक्षाले आफ्नो पद हासिल गरेका हौँ। हामीले यस्तो स्वीकार गर्नु भनेको आफैँलाई धोका दिनु हो," अर्की महिलाले घोषणा गरिन्। म अर्थ मन्त्रालयका केही पूर्व वरिष्ठ अधिकारीहरूसँग बसिरहेकी छु। उनीहरूले यी सन्देशहरू मलाई देखाइरहेका छन्।

उनीहरू गत वर्ष तालिबानले सत्ता हातमा लिएपछि जागिरमा प्रतिबन्ध लगाएर घर पठाइएका ६० जना महिलाहरूमध्येका हुन्। जसमध्ये अधिकांश अफगानिस्तानको राजश्व निर्देशनालयमा कार्यरत थिए।

आफूहरूलाई जागिरबाट निकालिएपछि जागिरमा आवेदनका लागि आफ्ना पुरुष आफन्तको व्यक्तिगत विवरण पठाउन भनिएको उनीहरू बताउँछन्।

"यो मेरो जागिर हो। यो जागिर पाउन र स्नातकोत्तरको उपाधिका लागि मैले १७ वर्ष ठूलो कठिनाइका साथ काम गरेकी छु। अहिले त्यो सबै शून्यमा फर्किएको छ," आफ्नो परिचय नखुलाउन अनुरोध गर्दै उनले भनिन्।

हामी अफगानिस्तान बाहिर रहेकी उक्त निर्देशनालयकी पूर्व निर्देशक अमिना अहमदीसँग टेलिफोनमा जोडियौँ। उनी अफगानिस्तान छाडेर बाहिरिन सफल भए पनि त्यो समाधान थिएन।

"हामीले हाम्रो पहिचान गुमाइरहेका छौँ। हामीले यसलाई कायम राख्न सक्ने आफ्नो देशमा मात्रै हो," उनी पछुताउँछिन्।

यो समूहले एउटा ठूलो परिचय पाएको छ। 'विमिन लिडर्स अफ अफगानिस्तान' अर्थात् अफगानिस्तानका महिला नेतृहरू। यो परिचयले उनीहरूलाई शक्ति दिएको छ र उनीहरू आफ्नो जागिर फिर्ता चाहन्छन्।

उनीहरू तिनै महिला हुन् जसले अफगानिस्तानले दुई दशकसम्म अन्तर्राष्ट्रिय संलग्नता बढाउँदा शिक्षा र रोजगारीको अवसर हात पारेका थिए।

तालिबानले अफगानिस्तानमा अझै महिलाहरूले काम गरिरहेको बताएको छ। तर काम गर्ने अधिकांश स्वास्थ्य कर्मचारी, शिक्षाका कर्मचारी र सुरक्षाकर्मी छन्, जुन हामीले विमानस्थलमै देख्यौँ।

कुनै समय अफगानिस्तानको सरकारी जागिरमा एक तिहाइ हिस्सा ओगटेका महिलाहरूलाई अझै पनि उनीहरूको तलबको केही मात्रा दिइरहेको तालिबानको दाबी छ।

एक पूर्व कर्मचारीले आफूले लगाएको हिजावले पूरा टाउको नढाकिएको भन्दै तालिबानका गार्डले सडकमा रोकेको घटना सुनाइन्। "हिजाव भन्दा तिमीहरूले सुल्झाउनुपर्ने महत्त्वपूर्ण अरू समस्याहरू छन्," आफ्नो अधिकारका लागि लड्न प्रतिबद्ध ती महिलाले प्रतिवाद गरिन्।

ग्रामीण भेगमा भोकमरीको त्रास

अफगानिस्तानको दुर्गम ग्रामीण उच्च भेगमा गहुँका बालाहरू झुलिरहेको दृश्य रमणीय देखिन्छ। यसमा १८ वर्षका नुर मोहम्मद र २५ वर्षका अहमद हँसिया चलाइरहेका छन्।

"खडेरीका कारण यो वर्ष गहुँ कम फल्यो," कलिलो अनुहार ढाकेको पसिना पुछ्दै नुरले सुनाए।

हाम्रो पछाडि टाढा टाढासम्म गहुँ खेत फैलिएको छ। आफ्नो जीवनको महत्त्वपूर्ण उमेरका यी दुई युवाहरूले यहाँ दैनिक दुई डलर ज्यालामा १० दिनदेखि निरन्तर काम गरिरहेका छन्।

"म इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेको थिएँ। तर परिवारलाई सहयोग गर्न पढाइ बीचैमा छाड्नुपर्‍यो," नुर भन्छन्। उनको पश्चात्ताप अनुहारमै झल्किएको छ।

अहमदको कथा उस्तै पीडादायक छ। "मैले इरान जानका निम्ति आफूसँग भएको मोटरसाइकल पनि बेचेँ तर त्यहाँ काम नै पाइएन," उनले भने।

छिमेकी इरानमा मौसमी काम अफगानिस्तानको यो गरिब गाउँका मानिसहरूका लागि एउटा समाधान थियो। तर इरानमा पनि काम पाइन छाडेको छ।

"हामी तालिबान दाजुभाइहरूलाई स्वागत गर्छौँ। तर हामीलाई यस्तो सरकार चाहिएको छ जसले अवसर देओस्," नुरले भने।

हामीले त्यस दिन घोर प्रान्तमा तालिबानका गभर्नर अहमद साह दिन दोस्तसँग पनि कुरा गर्‍यौँ। तालिबान युद्धमा छाया सरकारका उपगभर्नर समेत रहेका उनले गरिबी, सडकको दुरावस्था, अस्पतालको अभाव र विद्यालयहरू राम्रोसँग सञ्चालन नभएको दुःख सुनाए।

युद्ध समाप्तिसँगै यहाँ धेरै सहायता निकायहरूले काम गरिरहेका छन्। यो वर्षको सुरुमा घोरका दुई वटा दुर्गम जिल्लाहरूमा भोकमरी देखिएको थियो।

तर गभर्नर दिन दोस्तका लागि युद्ध अझै सकिएको छैन। आफूलाई अमेरिकी सेनाले बन्दी बनाएको र यातना दिएको उनी बताउँछन्। "हामीलाई थप पीडा नदेऊ। हामीलाई पश्चिमाको सहयोग पनि चाहिँदैन," उनले भने।

पश्चिमाहरूले हस्तक्षेप गरिरहेको उनको गुनासो छ। उनको समूहका सदस्यहरूसँगै हामीले विद्यालय र कुपोषण क्लिनिकहरूको पनि भ्रमण गर्‍यौँ।

विश्वविद्यालय शिक्षा लिएका तालिबानका युवा स्वास्थ्य निर्देशक अब्दुल सतार मापक अफगानिस्तानलाई थप सहायता चाहिएको र त्यसलाई राजनीतिसँग जोड्न नहुने व्यवहारिक कुरा गर्छन्।

राम्रो विद्यार्थी कक्षा बाहिरै

अठार वर्षकी सोहालिया निकै उत्साहित छन्। म उनलाई महिलाहरूले मात्र किनमेल गर्ने बजारको अँध्यारो भुईँतलासम्म पछ्याउँछु।

पहिले कोभिड र पछि तालिबानले बन्द गराएको यो बजार पहिलो पटक खुलेको हो। अझै तयार भई नसकेको सिसाले ढाकिएको उनको पारिवारिक वस्त्रालयमा हामी पुग्छौँ।

"यो पसल १० वर्ष अघि मेरी दिदी १८ वर्षको हुँदा सुरु भएको हो," परम्परागत कुची पहिचान सिलाउने हजुरआमा र आमाकै पालादेखिको इतिहाससँगै उनले सुनाइन्।

उनी दिदीले इन्टरनेट क्लब र रेस्टुराँ पनि खोलेकी थिइन्। महिलाहरूका लागि मात्रै तोकिएको यो ठाउँमा निकै चहलपहल छ। यो अँध्यारो ठाउँ अधिकांश समय घरमै बिताएका धेरै महिलाहरूका लागि उज्यालो लाग्छ।

उनी आफ्नो देश छोडेर अर्को देश जान पनि चाहँदिनन्। तर एक वर्षसम्म विद्यालय जान नपाउँदा उनलाई पीडा बोध भएको छ। "म मात्रै एक्लै छैन। अफगानिस्तानका सबै छात्राहरू छन्," उनको गला अवरुद्ध भयो र आँखाबाट आँसु चुहिए। "म सबैभन्दा राम्रो पढ्ने विद्यार्थी थिएँ।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending