काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन्।
उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम जङ अनलाई पत्र पठाउँदै उनले उक्त कदम दुवै देशको हितमा हुने बताए।
त्यसको जबाफमा किमले दुई देशबीचको मित्रता दोस्रो विश्वयुद्धको समयमा जापानलाई पराजित गर्दादेखि कायम रहेको टिप्पणी गरेका छन्।
उनले मित्रता अझै बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार पुटिनले द्विपक्षीय सम्बन्धको विस्तारले दुई देशका स्वार्थहरूको जगेर्ना गर्ने धारणा राखेका थिए।
आफ्नो पत्रमा किमले रुस-उत्तर कोरियाको मित्रताले जापानविरोधी युद्धमा आकार ग्रहण गरेको र त्यो अझ समृद्ध र विकसित भएको धारणा राखेका थिए।
उक्त पत्रमा दुई देशबीचको 'रणनीतिक र कार्यनीतिक साझेदारी, समर्थन र ऐक्यबद्धता' नयाँ उचाइमा पुगेको र 'साझा मोर्चामा देखिएको साझेदारीले शत्रु फौजको सैनिक जोखिम र उत्तेजनालाई' कमजोर बनाएको जनाइएको छ।
प्योङ्याङले शत्रु फौजको नाम लिएको छैन तर उसले उक्त शब्दावली पटक पटक अमेरिका र उसका साझेदारलाई जनाउन प्रयोग गर्दै आएको छ।
सोभियत सङ्घ कुनै बेला उत्तर कोरियाको प्रमुख साझेदार रहेको थियो र उसले प्योङ्याङलाई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान र वैदेशिक सहयोग उपलब्ध गराउने गर्थ्यो।
तर उक्त सम्बन्ध सोभियत सङ्घको विघटनसँगै खस्किएको थियो र सन् २००० को दशको सुरुमा पश्चिमा जगतसँग रुसको सम्बन्ध चिसिँदै गएपछि बिस्तारै उक्त सहकार्य अघि बढेको थियो।
गएको जुलाईमा रुसले पूर्वी युक्रेनमा रहेका दुई पृथकतावादी राज्यलाई स्वतन्त्र घोषणा गरेपछि तिनलाई आधिकारिक रूपमा मान्यता दिने थोरै देशहरूमध्ये उत्तर कोरिया पनि एउटा थियो।
त्यसको बदलामा आफ्नो भूभागमा रुसी अतिक्रमणको विरोध गरिरहेको युक्रेनले प्योङयाङसँग सबै सम्बन्ध कटौती गर्ने निर्णय लिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: