Khabar Dabali १७ आश्विन २०७९ सोमबार | 3rd October, 2022 Mon

समायोजन भएका स्वास्थ्यका कर्मचारीको तलब स्थानीय तहबाट

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले  सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै सुरु समायोजन भएका वा दोहोरो सहमतिका आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएका हुन्। 

निर्देशनमा कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद वा तहका लागि मात्र उपलब्ध गराउन भनिएको छ । 

यस्तै सहमतिका आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि तलबभत्ता बापतको रकम मन्त्रालयबाट निकास नहुने जानकारीसमेत पत्रमा उल्लेख गरिएको छ । 

मन्त्रालयले समायोजन मिलान मापदण्डानुसार समायोजन भई दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई कतिपय स्थानीय तहले हाल आएर फिर्ता पठाउने गरेको निर्णयप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनमा सहमति भएको छैन, हामीलाई कसैको वैशाखी चाहिँदैन : उपेन्द्र यादव

'गणतन्त्र खतरामा परेपछि हाम्रो पहलमा गठबन्धन निर्माण भएको थियो'

काम होइन कुरामात्रै गर्छन् ओली, झुटकै सहारामा कहिलेसम्म टिक्ने ?

काठमाडौं । वाकपटुवाका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिडियाको पहिलो छनोटमा पर्छन्। उनी जे बोल्छन्, प्रायः हरेक अभ...

स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल

काठमाडौं  ।  डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको ...

एमालेले बन्दसूची हेरफेर गर्ने, उम्मेदवार छान्ने जिम्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ।  एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आ...

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतक...

मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ ।  बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिक...

सभामुख र उपसभामुखको तलबभत्ता रोक्का

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयल...

शासक पथभ्रष्ट भइसके, सत्ता स्वार्थको गठबन्धन दुर्भाग्य : पूर्वराजा शाह (भिडियोसहित)

'जनतामा उत्साह छैन, कार्यापालिका र न्यायपालिकामा विकृत्ति बढ्यो'

गठबन्धनमा सिट बाँडफाँटमा सहमति, दोहोरो दाबी परेको क्षेत्रमा शीर्ष तहले टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आगामी मंसिर ४  गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्व...

सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।  सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सश...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page