Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

ट्राफिक प्रहरीको स्कुल बस चेकिङ- बिहानै मापसे गरेर स्कुल बस चलाउने ६ जना चालकलाई कारवाही

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आज कारवाही गरेको छ । बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी पाटीका बस चालक ईन्द्र बहादुर श्रेष्ठ , बा १ क ९४५६ नम्बरको टाईम ईन्टरनेश्नल कलेजका बस चालक राज कुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बस चालक साङ्गेल शेर्पा रहेका छन । त्यस्तै बा ८ च ९३८३ नम्बरको रेडियन्ट पव्लिक स्कुलका भ्यान चालक शिव कुमार क्षेत्री , बा १८ च ९८०१ नम्बरको ओरेन्ट ईष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यान चालक मनोज महर्जन र BAB 0064 नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यान चालक भिमसेन नेपाली रहेका छन । ट्राफिक प्रहरीको नियमित चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विधार्थीहरुलाई गन्तव्यमा पठाईएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए  ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ । हाल सम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन । जस मध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लघंन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरि सकेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending