Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै, अध्ययन कार्य धमाधम

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो 
। 

सरकारले चालु आवमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि रु चार करोड ४२ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । विमानस्थल भेरीगङ्गा नगरपालिका वडा नं ९, १० र ११ मा अवस्थित रामघाट–घारीवन क्षेत्रमा निर्माणको प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनियरिङ विभाग प्रमुख मुरारी भण्डारीले प्रारम्भिक सम्भाव्यता अध्ययनमा उक्त स्थान उपयुक्त देखिएकाले थप अध्ययन अघि बढाइएको जानकारी दिनुभयो । 

“वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया लामो हुने हुँदा सम्भाव्यता अध्ययनसँगै यसको काम पनि सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्र अध्ययनका सबै काम सम्पन्न गर्ने तयारीमा छौँ ।” उहाँले विमानस्थल निर्माण हुने स्थानको चार किल्लाको टुङ्गो लागिसकेको बताउनुभयो । 

प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीका अनुसार विमानस्थल धावनमार्ग (रनवे) को लम्बाइ दुई हजार  पाँच सय मिटर र चौडाइ ४५ मिटरको हुनेछ । दुई सय २४ हेक्टर क्षेत्रफल ओगट्ने विमानस्थल पूर्व पश्चिम फैलिनेछ । त्यस्तै ट्याक्सीमार्ग एक हजार दुई सय ९६ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइनेछ । रामघाट क्षेत्रमा सम्भावना देखेर नै अध्ययनको काम सुरु गरिएको प्राधिकरणको भनाइ छ । यसअघि प्राधिकरणले पूर्वी सुर्खेतकै छिन्चु–मदानेचौर क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । त्यहाँ प्राविधिकरूपले उपयुक्त नदेखेपछि प्राधिकरणले गत वर्ष कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा सुर्खेत विमानस्थल विस्तारको योजना अघि सारेको थियो । 

प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विसं २०७८ असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब तीन सय मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो । जसका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेटसमेत छु्ट्याएका थिए तर स्थानीयवासीसँग सहमति नजुटेपछि र रात्रिकालीन रूपमा सञ्चालन गर्न कठिनाइ हुने भएपछि विकल्पमा रामघाटमा विमानस्थल निर्माण गर्न लागिएको हो । 

सुर्खेत उपत्यकामा रहेको विमानस्थलको धावनमार्ग थप तीन सय मिटर विस्तार गर्दा मात्रै दुई सय निजी घर, जग्गा र विद्यालयजस्ता सार्वजनिक संरचनामा क्षति पुग्ने अध्ययनले देखाएको थियो । “सुर्खेत विमानस्थल विस्तार कार्य प्राविधिक र आर्थिक दुवै हिसाबले खर्चिलो देखियो, लगानीअनुसार प्रतिफल आउने सम्भावना नदेखेपछि विकल्पको खोजी गरेका हौँ”, प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीले भन्नुभयो, “अहिले प्रस्ताव गरिएको स्थानको एप्रोच राम्रो छ, टु वे (दुई बाटो) सञ्चालन गर्न सकिन्छ ।” 

प्रस्तावित रामघाट विमास्थल जङ्गल क्षेत्रमा निर्माण हुने भएकाले जग्गा विवाद, मुआब्जा उल्झन नहुने बताइएको छ । अध्ययन टोलीले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि स्थानीयवासीसँग राय सुझाव सङ्कलनको काम थालेको छ । प्राधिकरणले प्रभावित क्षेत्रका सरोकारवाला नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग वातावरणीय प्रभावबारे सात दिनभित्र लिखित राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । 

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले आफ्नो क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक चरणका काम सुरु गरिएको छ, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)० र निर्माण गर्दा आइपर्ने कुनै समस्या आइपरे हामी समन्वयकारी भुमिका खेल्न तयार छौँ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending