काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीभित्रै ४० प्रतिशतभन्दा बढी भागबन्डाको माग भएको छ।
आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न पाँचभन्दा बढी दललाई गठबन्धनमा समेट्ने योजना बनाइरहेका देउवासँग शेखर कोइराला समूहले पार्टीभित्रै भाग मागेको हो।
असन्तुष्ट पक्षको आजको छुट्टै भेलाले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ। समूहको भेलापछि नेता गुरुराज घिमिरेले सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्न बाध्य हुनुपरेको बताए।
उनले भने, ‘हामीले पार्टीभित्र न्यायोचित रूपमा भूमिका दिने कुरा उठाउँदै आएका हौँ। ८ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि समेट्नुभएको छैन। राष्ट्रियसभा निर्वाचनदेखि आजसम्म कतै पनि समेट्नुभएको छैन। भ्रातृ संस्था गठन गर्दा पनि समेट्नुभएन। अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो, ४० प्लस चाहियो।’
देउवा सभापतिमा निर्वाचित भएको आठ महिना बित्दा कुनै पनि निर्णय प्रक्रियामा आफूहरुलाई नसमेटेको उनको गुनासो छ।
त्यसो त केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने चेतावनी दिन्छन्।
‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले के का आधारमा सिट बाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ । यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्ने कुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ।’
गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए। उनले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिए।
उनले भने, ‘गठबन्धन बाहेकका दलहरु जो अर्को विपक्षीसँग मिलेर बसेको थियो । त्यसलाई पनि गठबन्धनमा मिलाउने भन्ने कुरा भएको छ । यसलाई उच्चस्तरीय संयन्त्रबाट छलफल होला नै । सर्वदलीय गठबन्धन समितिले यसमा छलफल गरोस् । एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् । यसले परिणाम गम्भीर बनाउन सक्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: